पर्यटक तान्न काहुँ महोत्सव
पाेखरा | माघ २३, २०७९
कास्की: पोखराको उत्तरपूर्वी भू–भागमा रहेको काहुँडाँडा पर्यटकीय गन्तव्यको केन्द्र बनेको छ । पाँच दशकअघि निर्माण गरिएको पोखराको पहिलो धरहराबाट टलक्क टल्कने हिमशृङ्खला, फेवातालसहित पोखरा बजार देख्न सकिन्छ ।
बिहान सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्नसकिने मनोरमस्थल काहुँडाँडा पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
सोही ठाउँमा पर्यटन प्रवद्र्धन गर्न यही फागुन ४ गतेदेखि १४ गतेसम्म ‘काहुँ धरहरा महोत्सव’ गर्न लागिएको छ । पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्दै समृद्ध देश निर्माणका लागि महोत्सव आयोजना गरिएको महोत्सव आयोजक देवबहादुर गुरुङले जानकारी दिनुभयो । पर्यटन क्षेत्रको विकास गर्दै ग्रामीण पर्यटन तथा पोखराकै एक दृश्यावलोकनको गन्तव्य स्थानका रूपमा विकास गर्ने सकिने गुरुङले बताउनुभयो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक प्रसारबाट काहुँ क्षेत्रमा आर्थिक क्रियाकलाप वृद्धिले जनस्थरको आर्थिक विकासमा सहयोग पुग्ने उहाँको धारणा छ । महोत्सव अवधिभर ५० हजार दर्शकले महोत्सवको अवलोकन साथै यहाँको राष्ट्रिय फूल लालिगुराँसलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्ने आयोजकले बताएको छ ।
महोत्सवमा दृश्यावलोकनको साथै राष्ट्रिय कलाकारहरूको प्रस्तुति, खुला भजन चुट्का प्रतियोगिता, विद्यालय स्तरीय खुल्ला नृत्य प्रतियोगिता, चित्रकला प्रतियोगिता, लाइभ म्युजिक कन्सर्ट, स्थानीय उत्पादनको प्रदर्शनी हुनेछ ।
सो महोत्सवमा करिब ५२ लाख रुपियाँको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ । ४६ लाख ८९ हजार खर्च हुने अनुमान आयोजकको छ । महोत्सवबाट प्राप्त आम्दानी पर्यटन पूर्वाधार निर्माण, असहाय विद्यार्थीलाई सहयोग गरिनेछ । काहुँ धरहरा चढेर पूरा पोखरा अवलोकन गर्न सकिन्छ । गत वर्षको असोजदेखि धरहरा चढेको टिकट काट्नुपर्ने व्यवस्था गरेको गुरुङले बताउनुभयो । पर्यटकलाई थप सुविधाका लागि धरहरा नजिकै तीनवटा रेस्टुरेन्ट पनि सञ्चालनमा छन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

