भरपर्दो र गुणस्तरीय सेवा दिन सञ्चारमन्त्री शर्माको निर्देशन
काठमाडाैं | माघ २३, २०७९
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकम्युनिकेसन सेवा भरपर्दो र गुणस्तरीय बनाउनुपर्ने बताएकी छिन्। नेपाल टेलिकमको १९औं वार्षिकोत्सवका अवसरमा बोल्दै सञ्चारमन्त्री शर्माले आधुनिक प्रविधिको उच्चतम् प्रयोग गर्दै सर्वसुलभ र प्रभावकारी सेवा दिनुपर्नेमा जोड दिइन्।
विगतका सरकारको घरघरमा इन्टरनेट र हातहातमा मोबाइलको योजना सार्थकता पाएको उनको भनाइ छ। अब भू–उपग्रह स्थापना गरी सेवा दिने लक्ष्य पनि लिनु पर्नेमा उनले जोड दिइन्।
टेलिकमले कमजोरी पत्ता लगाएर गुणस्तरीय सेवा दिनुपर्ने उनले जोड दिइन्। सरकारको सोच र लक्ष्यलाई पूरा गर्ने उद्देश्यसहित मुलुकका सुगमदेखि अति विकट स्थानमा सेवा दिन सक्नुपर्ने बताइन्। ‘नाफारहित भए पनि दूरसञ्चार र सूचना प्रविधिको सेवा उपलब्ध गराउने जिम्मेवारी नेपाल टेलिकमको हो’ उनले भनिन्।
सेवा प्रवाह, रोजगारी सिर्जना र राजस्वको महत्त्वपूर्ण स्रोतका रूपमा स्थापित गर्ने राज्यले टेलिकमलाई प्राथमिकता दिएको उनको भनाइ छ। सूचना प्रविधिबाट सरल, सुलभ र बिनाअवरोध गुणस्तरीय सेवा दिने उनले बताइन्। ‘जनताले प्रत्यक्ष लाभ महसुस गर्ने गरी सेवा परिमार्जन र उत्पादन गर्दै थप जनतासम्म पुग्नुपर्छ’ उनले भनिन्। कर्मचारीको अभावमा सेवा प्रभावकारी हुन नसकेको समस्या सल्टाउन उनले जोड दिइन्। समयमै मर्मत हुन नसकेको समस्यालाई छिट्टै समाधान गर्न टेलिकम व्यवस्थापनले उच्च प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो। ग्राहक सन्तुष्टि सर्वोपरी ठान्नुपर्ने उनको भनाइ छ। ‘गुणस्तरीय, सस्तो र सर्वसुलभ सेवा दिन दायित्वबाट पन्छिन हुन्न’ उनले भनिन्, ‘कर्मचारीको सेवासुविधा पनि वृद्धि गर्नुका साथै लगानीकर्तालाई अधिकतम प्रतिफल दिनु पर्छ।’
मन्त्री शर्माले समयमै आयोजनाको काम पूरा हुन नसक्दा लागत बढेको बताइन्। विकट क्षेत्रमा सेवा विस्तार तथा मानवीय वस्तीमा टावर विस्तार, वन क्षेत्रमा हुने पूर्वाधार विकासमा जोड दिनुपर्ने उनले बताइन्।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेलिकमले गुणस्तरीय सेवा दिन नसकेको बताए। ‘काठमाडौं उपत्यकाभित्रै फोरजी सेवा प्रभावकारी छैन’ उनले भने, ‘व्यवस्थापन कमजोरका कारण उपत्यकाभित्रै राम्ररी चल्न सकेको छैन।’ टेलिकमले गुणस्तरीय सेवा दिन चुकेको बताए। प्रविधि प्रयोगमा टेलिकमले विशेष योजना ल्याउनुपर्ने उनले बताए। सेवा दिए अनुरूप राजस्व घटेको उनले बताए। डाटा र भिडियोजस्ता सेवामा गुणस्तरीयता ल्याउन सके टेलिकमको प्रभावकारी बढ्ने अध्यक्ष खनालले बताए।
अध्यक्ष खनालले सेवा पूर्ण क्षमतामा दिन, क्षतिपूर्ति दिन चुकेको र टेलिकमले विश्वसनीयता गुमाउँदै गएको बताए। फाइबर नेटवर्क विस्तार गर्न ध्यान केन्द्रित गर्न चुकेको उनले बताए। ‘दुई वर्षसम्म काम नगर्ने ठेकेदारलाई किन कारबाही हुँदैन’ उनले भने। डिजिटल नेपाल फ्रेमवर्कको काम गर्न ढिलो भइसकेको उनले बताए। प्रतिस्पर्धी क्षमता विकास गर्न सके नियामक निकाय सधैं साथमा रहने उनले बताए।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले ग्राहकको सन्तुष्टिलाई सर्वोपरि ठान्नुपर्ने बताए। सेवा निरन्तर, भरपर्दो र गुणस्तरीय बनाउनुपर्ने उनको जोड थियो। टेलिकमलाई प्रतिस्पर्धी बजारमा दरिलो उपस्थिति जनाउन सेवा प्रभावकारितामा जोड दिनुपर्ने उनले बताए। गुणस्तरीय सेवा सुलभ दरमा देशभर पुर्याउनुपर्ने उनको भनाइ थियो। सचिव अर्यालले टेलिकमका प्रबन्ध निर्देशकसँग कार्यसम्पादन गरेको चर्चा गर्दै कम्तीमा पनि ९५ प्रतिशत प्रतिबद्धता पूरा गर्नुपर्ने बताए। लागत घटाउन सके सेवाको मूल्य कम पर्ने उनको भनाइ थियो। गुनासो आउने संयन्त्र र सम्बोधन गर्ने निकाय दह्रो हुन नसके ग्राहक टाँसिएर नबस्ने सचिव अर्यालले बताए।
नेपाल संवत् ११४५ शनिबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनता...
नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गर्दै हङकङ सिक्सेस प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकाल्दै क्वाटर फाइनलमा पुगेको हो । शुक्रबार भएको पहिलो खेलम...
काठमाडौँ: यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूम...