नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडाैं | माघ २२, २०७९

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ: आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको सुधार आएको छ । कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्से परिसूचक अन्तिम समयमा घटेर १.५४ अंकको वृद्धि हासिल गरेर बन्द भयो । कारोबार अवधिमा परिसूचक घटेर २ हजार ८८ अंकसम्म आइपुुगेको थियो । जुन, अन्तिम समयमा २ हजार ९६ अंकमा पुुगेर रोकिएको हो ।

 

यसक्रममा नेप्सेमा १ करोड ९३ लाख १७ हजार रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । यसक्रममा ५ लाख २० हजार ६ हजार ३७९ कित्ता सेयर किनबेच भएको छ । बजार सामान्य अंकले बढे पनि आज १०१ कम्पनीको सेयर घटेको छ भने १०८ कम्पनीको सेयर मूल्य बढेको छ । ७ वटा कम्पनीको सेयर भने स्थिर रह्यो । आज आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता १९२ रुपैयाँले बढ्यो । १० प्रतिशतको वृद्धिसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१ सय २१ रुपैयाँमा पुुगेर रोकिएको छ । यस्तै, पोखरा फाइनान्सको सेयर मूल्य ८.४९ प्रतिशतले बढ्दै प्रतिकित्ता ४२५ रुपैयाँ पुगेको छ ।

 

यसक्रममा आज बैंक समूहमा १.६६ अंकको सुधार आएको छ । यस्तै, विकास बैंक समूह ११.७४ अंकले बढ्दा वित्त समूह २७ अंकले बढेको छ । यसका साथै, आज होटल र टुरिजम समूह २३ अंक, जलविद्युत समूह ७ अंक, लगानी समूह ०.२७ अंक, उत्पादनमूलक समूह ३६अंक र म्यूचुुअल फण्ड समूह ०.०२ अंकले बढेको छ ।


यसबाहेक, जीवन बीमा समूह ५२ अंक, लघुवित्त समूह १५ अंक, निर्जीवन बीमा समूह ४० अंक, अन्य समूह ४ अंक र व्यापार समूह १७ अंकले घटेको छ ।
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्