नेप्से परिसूचकमा सामान्य अंकको सुधार
काठमाडाैं | माघ २२, २०७९
काठमाडौँ: आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको सुधार आएको छ । कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्से परिसूचक अन्तिम समयमा घटेर १.५४ अंकको वृद्धि हासिल गरेर बन्द भयो । कारोबार अवधिमा परिसूचक घटेर २ हजार ८८ अंकसम्म आइपुुगेको थियो । जुन, अन्तिम समयमा २ हजार ९६ अंकमा पुुगेर रोकिएको हो ।
यसक्रममा नेप्सेमा १ करोड ९३ लाख १७ हजार रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । यसक्रममा ५ लाख २० हजार ६ हजार ३७९ कित्ता सेयर किनबेच भएको छ । बजार सामान्य अंकले बढे पनि आज १०१ कम्पनीको सेयर घटेको छ भने १०८ कम्पनीको सेयर मूल्य बढेको छ । ७ वटा कम्पनीको सेयर भने स्थिर रह्यो । आज आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता १९२ रुपैयाँले बढ्यो । १० प्रतिशतको वृद्धिसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१ सय २१ रुपैयाँमा पुुगेर रोकिएको छ । यस्तै, पोखरा फाइनान्सको सेयर मूल्य ८.४९ प्रतिशतले बढ्दै प्रतिकित्ता ४२५ रुपैयाँ पुगेको छ ।
यसक्रममा आज बैंक समूहमा १.६६ अंकको सुधार आएको छ । यस्तै, विकास बैंक समूह ११.७४ अंकले बढ्दा वित्त समूह २७ अंकले बढेको छ । यसका साथै, आज होटल र टुरिजम समूह २३ अंक, जलविद्युत समूह ७ अंक, लगानी समूह ०.२७ अंक, उत्पादनमूलक समूह ३६अंक र म्यूचुुअल फण्ड समूह ०.०२ अंकले बढेको छ ।
यसबाहेक, जीवन बीमा समूह ५२ अंक, लघुवित्त समूह १५ अंक, निर्जीवन बीमा समूह ४० अंक, अन्य समूह ४ अंक र व्यापार समूह १७ अंकले घटेको छ ।
काठमाडौं: भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विश्वकप अ...
काठमाडौं: निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनक...
काठमाडौं: भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले अर्को तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउने तयारी गरेको छ । यसबारे आयोगले आज प्रधानमन्त्री शुसीला कार्कीलाई जानकारी गराएको छ । ...

