फुस्रे खोलामा बेपत्ता भएका गुरुङको खोजीकार्य तिव्र

पाेखरा | जेठ २२, २०७९

फुस्रे खोलामा बेपत्ता भएका गुरुङको खोजीकार्य तिव्र

पोखरा:  पोखराको फुस्रे खोलास्थित दोविल्लामा पौडी खेल्ने क्रममा बेपत्ता भएका स्याङ्जाको पुतलीबजार नगरपालिका ७ बेशीगाउँका पूर्ण गुरुङको खोजीकार्य तिव्र पारेको छ । 

 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गुरुङ शनिबार पौडी खेल्ने क्रममा दिउँसो करिब ३ बजे बेपत्ता भएका थिए । 

 

उनको नेपाल प्रहरी, सशत्र प्रहरी बल, नेपाली सेना तथा स्थानीय टोलीले खोजीकार्य गरेको कास्की प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले जानकारी दिए । 

‘खोजीकार्य तिव्र छ । एपिएफको र नेपाल प्रहरीको एक्सपर्ट टिम हिजोबाट अहिलेसम्म र्याफ्टिङको टोलीसहित  खोजीराको छ, उनले सुनगाभा न्यूजसँग भने, ‘अझै ट्रसिङ भएको छैन । खोज्ने काम त जारी नै छ ।’ 

 

बेपत्ता भएका गुरुङ सहित फुस्रे खोलामा पौडी खेल्न ७ जना गएका थिए । सँगै गएका अन्य साथीहरुका अनुसार माथीबाट हाम फाल्ने क्रममा गुरुङलाई खोलाले बगाएको थियो ।
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्