उपसभामुखलाई हेप्ने काम भयो : इन्दिरा राना
काठमाडाैं | माघ १९, २०७९
काठमाडौं: उपसभामुख इन्दिरा रानाले उपसभामुखलाई हेप्ने गरेको बताउनुभएको छ । बिहीबार संसद् भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधि सभाका सदस्यका लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपसभामुख रानाले उपसभामुखलाई 'उप/चुप' जस्ता वाक्यांश प्रयोग गरेर हेप्ने गरेको बताउनुभयो ।
आफू उपसभामुख भइसकेपछिका केही जिल्ला भ्रमण गरेपछिको अनुभवबाट सो कुराबारे जानकारी पाएको उहाँको भनाइ छ । उहाँले उपसभामुख अब चुप नभई (उपर) अर्थात् झनैमाथि जाने भएको बताउनुभयो ।
उहाँले संसद्मा महिला सांसदले जनताका समस्यालाई गुञ्जायमान गर्नुपर्ने धारणा राख्नुभयो । उपसभामुख रानाले सांसद काठमाडौं केन्द्रित हुनु नहुने भन्दै काठमाडौं केन्द्रित हुँदा जनताले गाउँ जाँदा राँको लिएर लखेट्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘मैले केही गाउँ भिजिट गरेँ । उपसभामुख भइसकेपछि उहाँहरूका लागि आवश्यक सामग्रीको उपलब्धता छैन, यस्ता विषय सदनमा गुन्जियोस्, सांसदले यी कुरामा ध्यान दिनुहुनेछ । उपसभामुखलाई उप, चुप भन्ने कुरा छ । मैले यसमा उप अब उपर जाने हो भनेर आएकी छु । महिला सांसद हुनुहुन्छ, उहाँहरूले विभिन्न समस्या भोग्नुभएको छ, सांसदले स्थलगत अवलोकन गरेर आवश्यक जनताका इस्यु उठाउनुहुनेछ । हामी काठमाडौं केन्द्रित मात्रै भएर बस्ने हो भने हामीलाई गाउँमा जाँदा जनताले राँको बालेर खेदाउँछन् ।’’
उपसभामुख रानाले सांसदले स्थलगत अवलोकन गरेर त्यहाँका समस्या संसद्मा उठाउनुपर्ने बताउनुभयो ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

