समयमा सडकको कार्य सम्पादन गर्न प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण

पाेखरा | माघ १८, २०७९

समयमा सडकको कार्य सम्पादन गर्न प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण तस्बिर साभार

कावासोती:  राष्ट्रिय गौरव आयोजनाको रुपमा रहेको नारायणगढ बुटवल सडक योजनाको काम चाँडो सम्पन्न गर्न सडक निर्माण र सरोकारवालाले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको ध्यानाकर्षण गराएका छन् ।

 

पूर्ब–पश्चिम राजमार्गको सडक ठेक्का लिएर लामो समयसम्म काम नसकेको आरोप खेप्दैआएको चाइना स्टेट कम्पनीले विविध कारण देखाउँदै हालसम्म २३ प्रतिशत सडक विस्तारको कार्य सम्पन्न गरेको जनाएको छ ।  

 

नारायणगढ–बुटवल सडक निर्माणको ठेक्का लिएको चाइना स्टेट कम्पनीको प्रतिनिधिलाई प्रमुख जिल्ल्ला अधिकारी लम्सालले निर्माणको काममा ढिलाई हुँदा यात्रु र स्थानीयले सास्ती पाएको हुँदा तत्काल काम अगाडि बढाउन निर्देशन दिनुभएको छ । तीन वर्ष हुँदासम्म अपेक्षित काम हुन नसकेकाले यसप्रति तदारुकताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो ।

 

नारायणगढ–बुटवल सडक योजना नवलपरासी पूर्वका प्रमुख रमेश दृष्टिले काम शुरु गरेको पहिलो र दोस्रो वर्ष कोरोनाका कारणले समस्या भएको र पछिल्लो समय माटोको उपलब्धता कम भएको कारणले सडक विस्तारमा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो “आफुहरुले कम्पनीको आन्तरिक ब्यवस्थापनमा व्यापक सुधारगरी आबश्यक उपकरण र जनशक्ति थप गरेर कामका लागि अघि बढेका छौं ।” चाइनाबाट आएका नयाँ विभागीय टिमका साथ कम्पनी निर्माणमा जुटेको बताउनुभयो ।

 

सडक निर्माणको कामले २३ प्रतिशत पार गरेको, अधिकांश साना कल्भर्ट बनिसकेको, पूर्वको १० देखि १७ किमीसम्म माटो फिलिङ् र साइडको काम भएको दाबी गर्नुभयो । उहाँले १७ किलोदेखि पश्चिम दाउन्नेसम्म सडकमा फिलिङ् गर्न माटोको समस्या रहेकाले स्थानीय निकायहरूसँग माटो प्राप्तिका लागि पहल भइरहेकाले माटो पाएको ठाउँमा काम छिटो अघि बढ्ने आश्वासन दिनुभयो । 

 

अहिलेसम्म रुख कटानको काम ९९ प्रतिशत मात्रै सकिएको छ, विद्युत् पोल सार्ने काम ३० प्रतिशत मात्रै पूरा भएको छ, सडक विस्तारमा समस्या भएको उहाँले बताउनुभयो ।  नारायणगढ–बुटवल सडक योजनाको पूर्वी खण्डका आठ स्थानमा वन्यजन्तुमैत्री पुल निर्माण भइरहेको छ । 

 

 प्रमुख जिल्ला अधिकारी लम्साल कम्पनीलाई काममा ढिलाइ नगर्न र बाटोलाई धुलोरहित बनाई आवागमन सहज पार्न र यात्रुलाई परिवर्तनको अनुभूति गर्नसक्ने बनाउन चाइनिज ठेकेदारलाई आग्रह गर्नुभयो । प्रजिअ लम्साल केही दिन अगाडि नवलपुर सरुवा भई आउनुभएको हो । ठेकेदार कम्पनीले भने स्थानीय तहहरुसँग समन्वय भइरहेको र साइडमा माटो पुर्नका लागि माटो प्राप्तिका लागि पहल भएकाले काममा प्रगति हुने प्रतिबद्धता जनाएको छ ।  

 

सहायक प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछाने, जिल्ला प्रहरी प्रमुख भुवनेश्वर तिवारी, राष्ट्रिय अनुसन्धानका प्रकाश शाह, सडक विभाग आयोजना निर्देशनालयका उपआयोजना निर्देशक शोभा गिरी, इन्जिनियर उमेशराज सुवेदी, इन्जिनियर राकेशकुमार झा, पत्रकार महासङ्घ नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुलीलगायत सरोकारवालाको सहभागिता थियो ।

कैलाली:     सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ बहादुर सोडारी नियुक्त भएका छन् ।  प्रदेश प्रमुख नजिर मियाँले आज सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  ...

थप पढ्नुहोस्

काठमाडौं:   प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा.सुनील शर्माले वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पताललाई २० लाख सहयोग गर्नुभएको छ ।    शर्म...

थप पढ्नुहोस्

बागलुङ:      चैत्राष्टमी मेलाको अवसरमा आयोजित कालीका कप भलिबल प्रतियोगिताको उपाधि विभागिय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । बिहिबार भएको फाइनल खेलमा आर्मीले बागलुङ घुम्टे रेष्टु...

थप पढ्नुहोस्