कैलालीमा लागु औषधसहित ८ पक्राउ

काठमाडाैं | माघ १८, २०७९

कैलालीमा लागु औषधसहित ८ पक्राउ

धनगढी:  कैलालीबाट विभिन्न किसिमका लागुऔषधसहित ८ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–३ स्थित प्रहरी चौकी त्रिनगरको टोलीले मंगलबार लागुऔषधसहित ८ जनालाई पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले पक्राउ पर्नेहरुमा १८ वर्षदेखि ३३ वर्षसम्मका युवा–युवती रहेको जानकारी दिए । कैलालीको गौरीगंगा नगरपालिका–२ बस्ने ३३ वर्षीय हिक्मत साउदलाई ४ ग्राम ५६० मिलिग्राम ब्राउन सुगर, सोही ठाउँका १९ वर्षीय खेम साउदलाई ७९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको डीएसपी जोशीले बताए ।


यस्तै धनगढी उपमहानगरपालिका–३ बस्ने १८ वर्षीय प्रदिप गोतामे र १९ वर्षीय अनिष अछामी पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ६५० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ ।


धनगढी उपमहानगरपालिका–१ बस्ने १९ वर्षीया अन्जु कुरेसीको साथबाट १९ क्याप्सुल स्पास्मो प्रोक्सिमन, सोही ठाउँ बस्ने २१ वर्षीय विज्ञान बस्नेतको साथबाट १ ट्याब्लेट नाइट्रोभेट बरामद गरिएको छ भने कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बस्ने १९ वर्षीय सागर नेगी र कृष्णपुर नगरपालिका–५ बस्ने २३ वर्षीय आभास ऐर पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट १ सीसी कोरेक्स नामक लागुऔषध बरामद गरिएको छ ।


लागुऔषधसहित पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी जोशीले जानकारी दिए ।

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्