पाँचौ सृजनाकप भलिबल प्रतियोगिताको विजेताले १ लाख पुरस्कार पाउने
पाेखरा | माघ १७, २०७९
पोखरा: पोखरा रंगशाला भलिबल कोर्टमा आगामी फागुन १६ देखि १९ गतेसम्म पाँचौ सामुदायिक बिद्यालय स्तरीय सृजना कप भलिवल प्रतियोगिता हुने भएको छ ।
पोखरामा आज (मंगलबार) सृजना बिकास केन्द्र पोखरा र कास्की जिल्ला भलिवल संघले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै फागुन १६ देखि १९ गतेसम्म कास्कीका सामुदायिक बिद्यालयका छात्र,छात्राले मात्र भाग लिन पाउनेछन् ।
पाचौं सृजनाकप भलिबल प्रतियोगितामा कास्की जिल्लाका ५० सामुदायिक विद्यालयले सहभागिता जनाउने प्रतियोगिता संयोजक मिनप्रसाद भट्टराईले बताए ।
‘पाचौं सुजनाकप भलिबल प्रतियोगितामा कास्कीका सामुदायिक विद्यालयमा १२ कक्षासम्म अध्ययनरत छात्रा÷छात्रले सहभागिता जनाउन पाउनेछन्, भट्टराईले भने, ‘कास्कीका ५० विद्यालयले सहभागिता जनाउने अनुमान गरेको छौं, प्रतियोगितामा महिला भलिबललाई बढी प्राथमिकता दिएका छौं ।’
प्रतियोगितामा छात्रा÷छात्र दुवै तर्फका विजेताले समान १÷१ लाख, उपविजेताले समान ६०÷६० हजार र तृतिय हुने समूहले समान ३५÷३५ हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगिताको विधागतर्फ सर्बोत्कृष्ट छात्र तथा छात्रा ५÷५ हजार, अन्य विधागतर्फ वेष्ट स्पाइकर,बेष्ट ब्लकर,बेष्ट डिफेन्डर,बेष्ट सर्भरले १÷१ थान भलिबल प्राप्त गर्नेछन् । भने बेष्ट प्रशिक्षकले रु पाँच हजार प्राप्त गर्ने सहसंयोजक लेखनाथ लम्सालले बताए ।
प्रतियोगिता सञ्चालन गर्न करिव ११ लाख खर्च हुनेछ भने १२ लाख ५० हजार आम्दानीसहित १ लाख ५० हजार बचत हुने आयोजकले जनाएको छ । २०३७ सालमा स्थापित सृजना बिकास केन्द्रले महिला,बालबलिका,शिक्षा ,स्वाथ्य र खेलकुदको क्षेत्रमा काम गदै आएको छ ।
प्रतियोगिताबाट बचत रकम खेलकै विकास र विस्तारका लागि कोष निर्माण गर्ने र सृजना विकास केन्द्रद्धारा सञ्चालित बालगृहलाई सहयोग गर्ने जनाइएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

