सुनको मूल्यमा प्रतितोला ५ सयको गिरावट

काठमाडाैं | माघ १७, २०७९

सुनको मूल्यमा प्रतितोला ५ सयको गिरावट

 काठमाडौं:  नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ।


५०० रूपैयाँले घटेर प्रतितोला १ लाख ५ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला सुनको मूल्य १ लाख ६ हजार ३०० रूपैयाँ कायम गरिएको थियो।


यसदिन तेजावी सुन मूल्य प्रतितोला १ लाख ५ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


अन्तरार्ष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै नेपाली बजारमा पनि मूल्य घटेको हो।


सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी प्रतितोला १ हजार १६५ रूपैयाँमा कारोबार भइरहेको छ।

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्