पोखरामा जारी तेस्रो नाटक महोत्सवमा अपेक्षा भन्दा बढी नाटक समूह

भोलि ‘विदेश मोह, जिम्मेवार र छुने नजर नाटक मञ्चन’ हुने

पाेखरा | माघ १६, २०७९

पोखरामा जारी तेस्रो नाटक महोत्सवमा अपेक्षा भन्दा बढी नाटक समूह नाटक महोत्सवमा सहभागी समूह

पोखराः     पहिलो संस्करणमा नाटक समूह खोज्नु परेको नाटक महोत्सवमा तेस्रो नाटक महोत्सवमा भने अपेक्षा भन्दा नाटक समूहले सहभागिता जनाएको आयोजकले जनाएको छ ।  


पोखरा थिएटरमा जारी तेस्रो नाटक महोत्सवमा गण्डकी प्रदेशका २९ विद्यालयम मध्ये १९ छनोट हुँदै नाटक महोत्सवमा नाटक मञ्चन गरिरहेका छन् । ‘विद्यालयमा रङ्गमञ्च, अर्थपूर्ण बालसहभागिताको आधार’ भन्ने नारासहित माघ १४ देखि पोखरामा गण्डकी प्रदेश, विद्यालय स्तरीय तेस्रो नाटक महोत्सव पोखरा थिएटरमा सञ्चालन भईरहेको छ । 


नाटक महोत्सवमा छनोट भएका १९ विद्यालयले प्रत्येक दिन तीन विद्यालयले पोखरा थिएटरमा नाटक मञ्चन गरेका छन् । महोत्सवका पहिलो दिन प्रगति माध्यमिक विद्यालयले ‘करेसा कन्सर्ट’, व्यास दिव्यज्योति बोर्डिङ स्कुलले ‘गुलेली मास्टर’ नाटक मञ्चन गरेका थिए । 


यस्तै माघ १५ गते विन्ध्यवासिनी माविले ‘तुलसी’, बेनी सामुदायिक माविले ‘जल्न नसकेको लास’, नवदिप इ.बोर्डिङ स्कुलले ‘दूर देशको भिर गाथा’ नाटक मञ्चन गरे भने माघ १६ गते आज बाल मन्दिर माविले ‘आमाको माया’, विद्याज्योति माविले ‘मुक्ति’ र छोरेपाटन माविले ‘कन्यादान नाटक’ मञ्चन गरेको महोत्सव निर्देशक परिवर्तनले जानकारी दिए । 


भोलि माघ १७ गते १० बजे नेपाल नमुना माविले विदेश मोह, १ बजे रुद्रेपिपल माविले ‘जिम्मेवार’ र ३ः३० बजे हिल पोइन्ट स्कुलले ‘छुने नजर’ नाटक मञ्चन गर्ने निर्देशक परिवर्तनले बताए । नाटक महोत्सव माघ २१ गते सञ्चालन हुने भएपनि २३ गतेसम्म नाटक मञ्चन हुनेछ । 


नाटक महोत्सवका निर्देशक परिवर्तनले विद्यालय भनेको रङ्गमञ्चको मुख्य आधार भएको बताए । ‘अबको १० वर्षपछिको रङ्गमञ्च भनेको अहिलेको पुस्ता हुन जो अहिले विद्यालयमा अध्ययनरत छन्, परिवर्तनले भने, ‘रङ्गमञ्च धान्ने जनशक्ति उत्पादन गर्न सकेनौं भने यो उर्जाले काम गर्न सकिदैन, त्यसैले विद्यालय स्तरीय नाटक महोत्सव आयोजना गरेका छौं ।’


पाठ्यक्रममा समावेश नाटक विद्यार्थीले पठनीय विषयको रुपमा लिइरहेको उनले  बताए ।‘पाठ्यक्रममा समावेश गरिएको विषय विद्यार्थीले पठनीयको रुपमा लिएका छन्, उनले भने, ‘विद्यालयमा नाटक मञ्चन अध्ययन भइरहेको छ, उनीहरुलाई अध्ययनसँगै नाटक अभिनय गर्ने वातावरण प्रदान गर्ने उद्धेश्यले महोत्सव आयोजना गरेका हौं ।’


महोत्सवका निर्देशक परिवर्तनका अनुसार पहिलो संस्करणमा महानगरस्तरीय १० वटा नाटक मञ्चन गर्ने उद्धेश्य भएपनि ८ विद्यालयले मात्र सहभागिता रहेको जानकारी दिए । 


‘पहिलो संस्करणको महानगरस्तरीय नाटक महोत्सवमा १० विद्यालयलाई छनोट गर्ने निर्णयका साथ अगाडी बढ्यौ तर ८ विद्यालयले मात्र सहभागिता जनायो, केही विद्यालयमा कक्षा नै सञ्चालन गरेर सहभागिता गराइयो भने, एक विद्यालयले स्वतः सहभागिता जनाएको थियो ।’ उनले भने ।


दोस्रो संस्करणमा भने महोत्सव गर्न विश्वभर फैलिएको कोरोना भाइरसका कारण थिएटरमा कार्यक्रम गर्न नमिले पनि भर्चुवल नाटकमा ४० विद्यालयले सहभागिता जनाएका थिए । तेस्रो संस्करणमा १२ वटा नाटक मञ्चन गर्ने उद्धेश्य लिएपनि २४ विद्यालयको सहभागिता भएपछि १२ विद्यालय छनोट गरेर नाटक मञ्चन गरेको उनले बताए । 


तेस्रो संस्करणमा गण्डकी प्रदेश, विद्यालय स्तरीय नाटक महोत्सवमा २९ नाटकबाट छनोट चरण पार्दै १९ विद्यालयको नाटक मञ्चन भइरहेको निर्देशक परिवर्तनले बताए । एक नाटक प्रोत्साहन स्वरुप र एक नाटक अतिथि नाटकको रुपमा महोत्सवमा मञ्चन हुनेछ । 


वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा बनेको छनोट समितिले २९ बाट १९ नाटक छनोट गरेको हो । छनोट समितिको सदस्यमा कलाकार तथा निर्देशक माओत्से गुरुङ र कलाकार प्रमिला तुलाचन रहेका थिए । नाटक महोत्सवमा छनोट भएका १९ विद्यालयले १० हजार पुरस्कारसहित नाटक मञ्चनको प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

 


 

म्याग्दीः   डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको छ।   पैतालिस दिनको अवधिमा  जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्य...

थप पढ्नुहोस्

गोरखाः  वि.सं २०७२ साल वैशाख १२ को भूकम्पमा ज्यान गुमाएहरुको सम्झनामा बारपाकमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।   बारपाक सुलिकोट गाउँपालिकाले वुधबार भूकम्पमा परी दिवंगत भएकाहरुको सम्मान...

थप पढ्नुहोस्

पोखरा:    पोखरा महानगरपालिका १४ चाउँथेमा गएराती बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।   पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ प १३३८ नम्बरको पर्यटक बसले सोही दिशातर्फ जाँदै गरेको...

थप पढ्नुहोस्