बागलुङबाट ५ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

बाग्लुङ | माघ १६, २०७९

बागलुङबाट ५ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

बागलुङ:  बागलुङबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चार हजार आठ सय ३६ विद्यार्थी सहभागी हुने छन् ।


कक्षा १० को पठन पाठनमा परीक्षाका लागि आवश्यक हाजिरी पुर्‍याएका नियमिततर्फ चार हजार ५४४, ग्रेडवृद्धिमा ६२ जना र प्राविधिक धारका २३० विद्यार्थी परीक्षाका लागि योग्य भएका हुन् । परीक्षामा सहभागी हुन विद्यालय सञ्चालन हुने दिनको न्यूनतम ७० प्रतिशत हाजिरी हुनुपर्छ ।


शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्यायका अनुसार धौलागिरि बहिरा आवासीय मावि र शान्ति मावि कुश्मिसेरामा कम्प्युटर इन्जिनियर, धौलागिरि वीरेन्द्र माविमा भेटेरिनरी, भिमसेन मावि विहुँमा सिभिल इन्जिनियरिङ, गल्कोट मावि र त्रिभुवन माविमा कृषि विषयको पठन पाठन भइरहेको छ ।


जिल्लाको ६ वटा माध्यमिक विद्यालयले मात्रा कक्षा ९ र १० मा प्राविधिक सञ्चालन गर्दा प्राविधिकतर्फ विद्यार्थी सङ्ख्या न्यून रहेको उपाध्यायको भनाइ छ । बागलुङमा सामुदायिक विद्यालयले मात्रा कक्षा ९ र १० मा प्राविधिक विषयमा पठन पाठन गर्दै आएका छन् ।


यस जनताधन माध्यमिक विद्यालयबाट तीन जना दृष्टिविहीन र धौलागिरि बहिरा विद्यालयबाट १८ जना बाहिरा विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइका शाखा अधिकृत विदुर शर्मा चापागाईँले जानकारी दिनुभयो ।


परीक्षा सञ्चालनको लागि गत वर्ष ३१ वटा केन्द्र निर्माण गरिएको थियो । यो वर्ष पनि त्यही सङ्ख्यामा परीक्षा कायम रहने छ । राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा चैत्र १७ गतेदेखि २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन गर्ने परीक्षा तालिका सार्वजनिक गरेको छ ।

काठमाडौं:     नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले प्रभावकारी भूमिका खेले नेपाली सुनचाँदी क्षेत्रमा विदेशी हस्तक्षेप रोकिने विज्ञहरुले बताएका छन् ।  महासंघको आज शुक्रबार काठमाडौंमा बसे...

थप पढ्नुहोस्

पोखरा:      पोखरा सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का नियुक्त भएका छन् ।  क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले नियुक्तिपत्र दिइ खड्...

थप पढ्नुहोस्

पोखरा:     अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षाको अवस्था अझै पनि कमजोर रहेको पाइएको छ । सबैले सामाजिक सुरक्षा नपाउनु, शिक्षाको अवसरबाट वञ्चित हुनू, पुनर्स्थापना सेवा प्राप्त नहुनू, स्वास्थ्य तथा...

थप पढ्नुहोस्