बागलुङबाट ५ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै
बाग्लुङ | माघ १६, २०७९
बागलुङ: बागलुङबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चार हजार आठ सय ३६ विद्यार्थी सहभागी हुने छन् ।
कक्षा १० को पठन पाठनमा परीक्षाका लागि आवश्यक हाजिरी पुर्याएका नियमिततर्फ चार हजार ५४४, ग्रेडवृद्धिमा ६२ जना र प्राविधिक धारका २३० विद्यार्थी परीक्षाका लागि योग्य भएका हुन् । परीक्षामा सहभागी हुन विद्यालय सञ्चालन हुने दिनको न्यूनतम ७० प्रतिशत हाजिरी हुनुपर्छ ।
शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्यायका अनुसार धौलागिरि बहिरा आवासीय मावि र शान्ति मावि कुश्मिसेरामा कम्प्युटर इन्जिनियर, धौलागिरि वीरेन्द्र माविमा भेटेरिनरी, भिमसेन मावि विहुँमा सिभिल इन्जिनियरिङ, गल्कोट मावि र त्रिभुवन माविमा कृषि विषयको पठन पाठन भइरहेको छ ।
जिल्लाको ६ वटा माध्यमिक विद्यालयले मात्रा कक्षा ९ र १० मा प्राविधिक सञ्चालन गर्दा प्राविधिकतर्फ विद्यार्थी सङ्ख्या न्यून रहेको उपाध्यायको भनाइ छ । बागलुङमा सामुदायिक विद्यालयले मात्रा कक्षा ९ र १० मा प्राविधिक विषयमा पठन पाठन गर्दै आएका छन् ।
यस जनताधन माध्यमिक विद्यालयबाट तीन जना दृष्टिविहीन र धौलागिरि बहिरा विद्यालयबाट १८ जना बाहिरा विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइका शाखा अधिकृत विदुर शर्मा चापागाईँले जानकारी दिनुभयो ।
परीक्षा सञ्चालनको लागि गत वर्ष ३१ वटा केन्द्र निर्माण गरिएको थियो । यो वर्ष पनि त्यही सङ्ख्यामा परीक्षा कायम रहने छ । राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा चैत्र १७ गतेदेखि २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन गर्ने परीक्षा तालिका सार्वजनिक गरेको छ ।
पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ । लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...
पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ । पर्यटक...
पोखरा । उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...

