‘बैंकहरुले ब्याजदर बढाएर आतङ्क मच्चाए’

काठमाडाैं | माघ १६, २०७९

‘बैंकहरुले ब्याजदर बढाएर आतङ्क मच्चाए’

काठमाडौँ: नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदर र आतंकविरुद्ध प्रदर्शन गरेको छ । सोमवार काठमाडौँको माइतीघर मण्डलामा महासंघले बैंकको चर्को ब्याजदर र आतंक गरेको भन्दै सरकारविरुद्ध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नयाँ बानेश्वर व्यापार व्यवसायी संघ, ललितपुर तयारी पोसाक व्यवसायी संघ, नेपाल कम्प्लेक्स व्यापार संघ लगायतले माइतीघरमा ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । 


व्यवसायीप्रति सरकारले विभेदकारी नीति लिएको तथा बैंक तथा  वित्तीय संस्थाहरूले आतंक फैल्याउँदा व्यवसायीहरू पीडित भएको भन्दै सडकमा प्रदर्शन गर्न बाध्य भएको व्यवसायीहरूले बताए । महासंघका अध्यक्ष कुमार कार्कीले बैंकहरुले व्यवसायीहरूलाई ३५ दिने सूचना दिएर घर लिलामी गर्न थालेकाले लिलामी रोक्न माग गर्दै सडक आन्दोलन गरिएको बताए । उनले दुई वर्ष अगाडि ८ प्रतिशतमा रहेको बैंकको ब्याजदर १५ प्रतिशतसम्म पुर्‍याएकाले व्यवसायीहरू मर्कामा परेको बताए । उनले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेको बेला बैंकहरुले उद्योगी व्यवसायीहरूलाई अपमान गरेको बताए । उहाँले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेका उद्योगी व्यवसायी माथि राज्य र बैंकहरुले अवहेलना गरेकाले आन्दोलन गर्नुपरेको जिकिर गरे । 


त्यस्तै, महासंघका पूर्वअध्यक्ष नरेश कटुवालले सरकारलाई लामो समयदेखि आफ्ना माग सम्बोधन नभए सडक आन्दोलन गर्ने जानकारी गराउँदा समेत व्यवसायीहरूका माग पूरा नगरेकाले बाध्य भएर सडकमा आएको बताए । उनले बैंकहरुले ब्याजदर बढाएर आतङ्क मच्चाएकाले बैंकको आतङ्क रोक्नुपर्ने माग राखेर आन्दोलन गरिएको जिकिर गरे । उनले व्यवसायीहरूको लागि वैज्ञानिक भाडादर लागू हुनुपर्ने बताए । उनले व्यवसायीहरूले उठाएका मागहरू सरकारले तत्काल सम्बोधन नगरे मुलुकभरका उद्योगी व्यवसायीहरूले उद्योग व्यवसायीको चाबी सरकार र राष्ट्र बैंकलाई बुझाउने बताए । उनले सरकारले उद्योगी व्यवसायीहरूलाई समेत  राहदानी बनाएर विदेश पठाउने नीति लिएको आरोप लगाए ।


त्यस्तै,महासंघकी उपाध्यक्ष लक्ष्मी खड्काले बैंक र व्यवसायीहरुबीच साथीको सम्बन्ध हुनुपर्ने भए पनि गुण्डागर्दीको सम्बन्ध बनाउन खोजेको आरोप लगाइन् । उनले बैंकहरुले २० करोडको धितोलाई १० करोडमा लिलाम गर्ने प्रवृत्ति लिएको बताइन् । खड्काले घरजग्गा बैंकहरुलाई जिम्मा लगाउनको लागि व्यवसायीहरूले व्यापार व्यवसाय नगरेको बताइन् ।

चितवनः  अनुचित लेनदेन (मिटर ब्याज) का मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चार निवेदनमा मिलापत्र गराइएको छ । जिल्ला प्रशासन कार्यालयबाट गत माघ ११ गते प्रहरी कार्यालयमा आएका ६३ निवेदनमध्ये चार र ...

थप पढ्नुहोस्

पर्वत:   सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसइई परीक्षामा सहभागी भएका छन् । दक्षिण पर्वतको पैंयुँ गाउँपाल...

थप पढ्नुहोस्

ताप्लेजुङः  ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माणाधीन कुल १२ मेगावाट क्षमता भएको सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाको एचआरटी सुरुङ निर्माण सम्पन्न भएको छ ।      आयोज...

थप पढ्नुहोस्