घरमै पुगेर ज्येष्ठ नागरिकलाई भत्ता
पाेखरा | माघ १६, २०७९
म्याग्दी: बेनी नगरपालिका –१, रत्नेचौरकी ८६ वर्षीया जसिकला कार्कीलाई परिवारका सदस्यहरुले घर बाहिर पारिलो घाममा बिस्तारा लगाएर सुताउनुभएको थियो । त्यत्तिकैमा वडा अध्यक्ष टेकबहादुर थापासहित वडा सदस्यहरु र कृषि बिकास बैंकका प्रतिनिधिहरु घरमै आइपुग्नुभयो । त्यसपछि जसिकलाको नाममा जारी भएको चेकमा ल्याप्चे लगाएर चेक तयार भयो ।
तीन महिनाको मासिक चार हजार रुपियाँका दरले १२ हजारको चेक बनाएर घरको आङ्गनमा सुतीरहनुभएकी जसिकलालाई कर्मचारीले रकम हस्तान्तरण गर्नुभयो । वडा अध्यक्ष थापासहित बैंकका प्रतिनिधिले रकम हस्तान्तरण गर्नुभयो । जसिकलाको उमेर बढेसँगै विभिन्न रोगले च्याप्दै गरेपछि नियमित रुपमा तीन थरी औषधी प्रयोग गर्दैआउनुभएको छ ।
तीन वर्षदेखि विरामी हुनुभएकी जसिकलाको परिवारका लागि सामाजिक सुरक्षाभत्ता घरमै पु¥याइदिँदा सहज भएको उहाँको भनाइ छ । गाडीमा हालेर बैंकसम्म लैजानुपर्ने बाध्यता थियो, वडाध्यक्ष टेकबहादुर थापाले पहल गरेर बैंकको टोली गाउँमै आएर भत्ता दिँदा हामी मात्रै नभई अरु बुढाबुढीलाई पनि सजिलो भयो, स्थानीय धनकुमारीले बताउनुभयो ।
बेनी नगरपालिका –१, रत्नेचौरका वडा अध्यक्ष अघिल्लो कार्यकालमा वडा सदस्य र त्यसभन्दा अगाडि साविक रत्नेचौर गाविसको सचिव र बेनी नगरपालिका भएपछिको वडानम्बर १ हुँदैगर्दा वडासचिव समेत रहनुभएका थापाले रत्नेचौरमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राही असक्त तथा अपाङ्गता भएका समेत धेरै भएकाले गाउँमै भत्ता वितरणको व्यवस्था मिलाएको बताउनुभयो ।
गएको वैशाखमा निर्वाचित भएर आएपछि चालु आर्थिक वर्षको पहिलो छ महिनाको भत्ता गाउँमै बितरणको व्यवस्था मिलाएको उहाँले बताउनुभयो । बेनी नगरपालिकाको वडानम्बर १, ७ र ८ मा सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी लिएको सरकारी बैंक कृषि विकास बैंकले रत्नेचौरमै पुगेर भत्ता बाँडेको हो ।
बैंकको म्याग्दी शाखा प्रवन्धक शंकरदेव मल्लका अनुसार बेनी नगरपालिका –१, रत्नेचौरमा पोषण भत्ता पाउने बालबालिका समेत गर्दा कुल चार सय एक जनाले सामाजिक सुरक्षाभत्ता प्राप्त गर्छन् ।
३५६ जनाले सामाजिक सुरक्षा भत्ता र ४५ जनाले पोषण भत्ता पाउने वडा अध्यक्ष थापाले बताउनुभयो । त्यसमध्ये रत्नेचौरको फाँटक्षेत्र अर्थात् माथिल्लो भेगको रत्नेचौर र अर्जम क्षेत्रमा २ सय १ जना सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने नागरिक भए पनि गाउँमै पुगेर वितरण गर्ने क्रममा १ सय ८० जनालाई १८ लाख ९५ हजार रुपियाँ वितरण गरिएको कृषि विकास बैक बेनी शाखाले जनाएको छ ।
चालु आर्थिक वर्षमा नवीकरण भएका रत्नेचौरको उपल्लो क्षेत्रका २०१ मध्ये १ सय ८० जनालाई घरमै पुगेर वितरण गरिएको र बाँकी १३ जनाको बैंक खातामै दाखिला गरिएको बैंकले जनाएको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिलाई बसोबासको व्यवस्था गरेको छ । सम्पर्क समन्वय कमिटीले बस्न र खाना समस्या हुने प्रतिनिधिलाई नेता तथा क...
काठमाडौं: नागढुंगा–नौबिसे–मलेखु सडकखण्ड यही मंसिर २४ गतेदेखि आंशिक बन्द हुने भएको छ । उक्त सडक खण्डमा कालोपत्र गरी स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले आंशिक रूपमा सडक बन्द गर्न लागिएको हो । ...
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा घोटाला गरेको आरोपमा पाँच जना पूर्वमन्त्री सहित ५५ जना विरुद्ध भष्ट्राचारको मुद्दा दायर गरेको छ । आयोगले आज विशेष अ...

