भारतको झारखण्डमा अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु
नयाँ दिल्ली | माघ १४, २०७९
नयाँ दिल्लीः भारतको पूर्वी राज्य झारखण्डको एक निजी अस्पतालमा आगलागी हुँदा पाँच जनाको ज्यान गएको छ । अरु पाँच जना गम्भीर घाइते भएका छन् ।
धनवाद जिल्लाको बैंकमोर क्षेत्रमा रहेको हाजरा अस्पतालमा गएराति आगो लागेको थियो । आगोका कारण अस्पतालका सञ्चालक डाक्टर, श्रीमती, एक जना कामदार र दुई जना आफन्तको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अस्पताल धुवाँले भरिएको र अक्सिजनको अभावमा उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ । आगलागीको कारण नखुलेको धनवादका प्रहरी वरिष्ठ उपरीक्षक अरविन्दकुमार बिनाले बताउनुभएको छ ।
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...
काठमाडौँ । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेप...

