छैटौं शुभकामना कपलाई आमा समुहको साथ

काठमाडाैं | जेठ २०, २०७९

छैटौं शुभकामना कपलाई आमा समुहको साथ

हेमजा:   आगामी असारको ४ देखि ११ गतेसम्म हेम्जाको गौरीशंकर खेल मैदानमा हुने छैटौं अन्तर्राष्ट्रिय शुभकामना कपलाई हेमजामा रहेका आमा समुहले साथ दिने भएको छ । 

 

हेम्जा युनाइटेडको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय शुभकामना कपलाई सभ्य र भब्य रुपमा सफल बनाउन हेम्जामा रहेका आमा समुहले सहयोग गर्ने भएका हुन्।

 

शुक्रवार बसेको आमा समुह र हेम्जा युनाइटेडको बैठकमा आमा समुहले सहयोग गर्ने बताएका हुन् । बैठकमा बोल्ने वक्ताहरुले पहिला पनि यो संस्थालाई सहयोग गरेको र अहिले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

 

खेलकुदको माध्यमबाट युवाबीच एकता र भाइचारा सम्बन्ध बढाउँदै सृजनात्मक तथा रचनात्मक काममा अघि बढाउन साथै संचालनमा रहेको हेम्जा युनाईटेड एकेडेमीलाई निरन्तरता दिई नयाँ खेलाडी उत्पादन गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको हो ।

 

प्रतियोगितामा ए डिभिजनका ६ टीम, १ अन्तराष्ट्रिय टीम र आयोजक सहित आठ टिमको सहभागिता रहने छ । प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले तीन लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्