सञ्चार क्षेत्रलाई अब्बल बनाउने गरी काम गर्नेछुः मन्त्री शर्मा
काठमाडाैं | माघ १३, २०७९
काठमाडौँ: माओवादी केन्द्रकी नेतृ एवं सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले सञ्चार क्षेत्रलाई अब्बल बनाउने गरी काम गर्न चाहेको बताएकी छिन् ।
त्रिभुवन पौडेल पत्रकार मात्र नभएर एक कुशल राजनीतिकर्मी पनि रहेको धारणा राख्दै उनको निधनले अपूरर्णिय क्षति भएको शर्माले बताइन् । प्रेस सेन्टर नेपालले आयोजना गरेको विमान दुर्घटनामा परी निधन भएका पत्रकार त्रिभुवन पौडेल र अनिल शाहीको श्रद्धाञ्जली कार्यक्रममा उनले सञ्चार क्षेत्रको सुधारका लागि सबैको सहयोग चाहिने बताइन् ।
देश बनाउने अभियानमा प्रधानमन्त्री प्रचण्ड लागेको र त्यसलाई सबैले आआफ्नै क्षेत्रबाट सहयोग गर्नुपर्ने उनले बताइन् ।
प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा माओवादीका नेता महेश्वर दाहालले पनि पत्रकार पौडेलको बारेमा आफ्नो धारणा राखेका थिए ।
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

