हाम्रो सहयोगी सहकारीको वार्षिकोत्सव: ‘रक्तदानदेखि सेवाकेन्द्र विस्तारसम्म’
पाेखरा | जेठ २०, २०७९
पोखरा: हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले पोखरा महानगरपालिका १४ चाउँथेमा सेवाकेन्द्र विस्तार गरेको छ । पोखरा ९ पृथ्वीचोकस्थित पोखरा मलमा मुख्य कार्यालय रहेको सहकारीले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा आज (शुक्रबार) देखि चाउँथेमा सेवाकेन्द्र सञ्चालनमा ल्याएको हो ।
उक्त कार्यालयको उद्घाटन पोखरा महानगरपालिकाका मयेर धनराज आचार्यले गरे । सो अवसरमा बोल्दै मेयर आचार्यले सहकारी वित्तिय क्षेत्रको मेरुडण्ड रहेको धारणा राखे ।
उनले विधानमा उल्लेख भए अनुसार आफ्ना सेवाग्राहीलाई सर्वसुलभ सेवा प्रदान गर्नुपर्ने बताउदै सफलताको शुभकामना व्यक्त गरे । ‘तपाइहरुको विधान अनुसार आफ्ना सेवाग्राहीलाई सर्वसुलभ सेवा प्रदान गर्ने कुरामा तपाईहरु सफल हुनुहोस्, उनले भने, ‘यो अफिसले पनि हेड अफिसले जस्तै सेवाहरु प्रवाह गर्न सकोस सबैलाई शुभकामना ।’

मेयर आचार्यले आगामी दिनमा हरेक वडामा दुइवटा सहकारीसगँ समन्वय गरेर उत्पादनको प्रवर्द्धन गर्न कोसेली घर निर्माण गर्रे बताए ।
‘हामीले आउने दिनमा हरेका वडाको एउटा वा दुइटा सहकारीसँग मिलेर उत्पादनमा जनसमुदायलाई जोड्ने उद्देश्यसहित कोसेली घर बनाउने गरि हामीले योजनामा राखेका छौ, उनले भने, ‘त्यसकारण सहकारी पनि हाम्रो कामको एउटा क्षेत्र बन्दैछ । आउने १० गते बजेट ल्याउदै छौ । त्यसको नीति तथा कार्यक्रममा समावेश गरेपछि राम्रोसँग हेर्न र बुझ्न पाउँनुहुनेछ । र पोखरा महानगरपालिका सहकारीसँग सहकार्य गरेरै अगाडी बढ्ने नीति रहेको छ ।’
त्यसैगरि वडा १४ का अध्यक्ष बोधराज कार्कीले उक्त सहकारीसँग पुराने सम्बन्ध रहेको बताउदै वडाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले स्थानीयबासीलाई आफ्नै टोलमा सहकारी आएकोले बचत गर्ने बानीको विकास गर्न सुझाव दिए । उनले वैंकले भन्दा सहकारीले सेवा दिने बताउदै सेवाको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष कार्कीले फरक प्रसंगमा बोल्दै आफ्नो वडालाई नमुना वडाको रुपमा विकास गर्न लागिपरेको बताए । ‘हाम्रो वडालाई नमुना वडा बनाउने योजनामा छौ, उनले भने, ‘त्यसको लागि प्रत्येक टोल र क्लबहरुको सहयोग चाहिन्छ । त्यसैले हामीले ५ वर्षमा यस वडालाई नमुना र स्मार्ट बनाएर मात्रै जानेछौ ।’
उक्त कार्यक्रममा पोखरा महानगरपालिका १७ वडाध्यक्ष राधिका शाही योगी, मादी गाउँपालिका ४ का वडाध्यक्ष शिव सापकोटा, गण्डकी चेम्बर्स अफ कमर्सका गण्डकी अध्यक्ष किसान सुनार, सहकारी व्यवस्थापन क्लबका अध्यक्ष अपिल कोईराला, शुन्दर टोल विकास संस्थाका अध्यक्ष बलराम लामा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
वार्षिक कारोबार कति?
सहकारी संस्थाका कोषाध्यक्ष सिर्जन श्रेष्ठका अनुसार उक्त संस्थामा वार्षिक (कुल पुँजी) ४५ करोड ५० लाख बढिको आर्थिक कारोबार हुदै आएको छ । भने संस्थाको सेयर पुँजी ८ करोड ६० लाख ८ सय रुपैयां रहेको छ ।
यसैगरि कर्जा लगानी ३३ करोड ४ लाख ३ सय ४६ रुपैयां रहेको छ ।

गत २०६६ साल कात्तिक ६ गते संस्था स्थापना गरेपनि ४ वर्षपछि मात्रै वित्तिय काम तथा सेवा सुरु गरिएको थियो । कुल १ हजार १ सय ५८ जना सेयर सदस्य रहेको उक्त संस्थामा हाल १६ जना कर्मचारी कार्यरत रहेका छन् ।
कर्मचारीदेखि वडाध्यक्षसम्म सम्मान
हाम्रो सहयोगी सहकारी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । संस्थाको निर्वतमान अध्यक्ष समेत रहेका शिव सापकोटा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा मादी गाउँपालिकाको वडा नम्बर ४ को वडाध्यक्षमा निर्वाचित भएको भन्दै सम्मान गरिएको हो ।
पोखरा महानगरपालिका १७ को वडाध्यक्षमा निर्वाचित तथा संस्थाका पूर्व उपाध्यक्ष समेत रहेकी राधिका शाही योगीलाई सम्मान गरिएको सहकारी संस्थाका व्यवस्थापक जिवन अधिकारीले बताए । उनका अुनसार पोखरा १४ का वडाध्यक्ष बोधराज कार्कीलाई समेत सम्मान गरिएको थियो ।
यसैगरि कर्मचारीहरु तर्फबाट उत्कृष्ट कारोबार गरेको भन्दै संस्थाका कर्मचारी हरि न्यौपाने र भोलानाथ ओझालाई पुरस्कृत गरिएको थियो । भने उत्कृष्ट भेषभुषा सहित कार्यक्रममा उपस्थित भएका नवरत्न आमा समुहलाई समेत सम्मान गरिएको व्यवस्थापक अधिकारीले जानकारी दिए ।
रक्तदानमा ५१ यूनिट संकलन
संस्थाको १३ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा कुल ५१ यूनिट संकलन भएको छ ।
‘रत्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नारासहित आयोजित कार्यक्रममा ५१ यूनिट संकलन भएको हो । पहिलो रक्तदातालाई पोखरा १४ का वडाअध्यक्ष बोधराज कार्कीले व्लडब्याग हस्तान्तरण गरेर रक्तदान शुभारम्भ गरेको थिए । वार्षिकोत्सव समारोहमा सहभागीहरुले रक्तदान गरेका थिए ।

उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की र रक्तसञ्चार केन्द्र रामघाटको प्राविधिक सहयोग रहेको थियो । सो अवसरमा कार्यक्रममा सहभागीहरुलाई निशुल्क सुगर परिक्षण गर्ने व्यवस्था समेत गरिएको थियो ।
सहकारी संस्थाका अध्यक्ष शुक्रराज कंडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रुद्र बहादुर विकले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सचिव कृष्णप्रसाद तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

