नेप्से परिसूचकमा सामान्य गिरावट
काठमाडाैं | माघ १२, २०७९

काठमाडौं: सेयर बजार परिसूचक नेप्से सामान्य घटेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से ०.३५ अंकले घटेर २१८३.२७ अंकमा बन्द भएको छ ।
नेप्सेमा सामान्य उतारचढाब देखिए पनि खरिदकर्ता र विक्रीकर्ता दुबै हाबी हुन नसक्दा बजार परिसूचक स्थिर जस्तै देखिएको हो ।
सेयर बजारमा लाभांश सिजन सकिए पछि लगानीकर्ता निष्कृय बन्दै गएको छ । तर, बैंकिङ प्रणालीमा तरलता सहज बन्दै जाँदा बजार बढ्ने अपेक्ष पनि लगानीकर्तामा देखिन्छ ।
बिहीबार नेप्सेमा बैंकिङ, विकास बैंक, लघुवित्त, वित्त कम्पनी र उत्पादनमुलक उपसूचकमा गिरावट हुँदा बीमा, हाइड्रोपावर र व्यापार उपसूचक बढेको छन् ।
नेप्सेसँगै बिहीबार कारोबार रकम पनि घटको छ । ७७ लाख ६४ हजार १५३ कित्ता धितोपत्र किनबेच हुँदा २ अर्ब ८६ करोडको कारोबार भएको हो । जसमध्ये समृद्धि फाइनान्सको ९ करोड ७१ लाखको सेयर कारोबार हुँदा रिडी हाइड्रोपावरको ८ करोड ६२ लाख आँखु खोला जलविद्युत कम्पनीको ७ करोड ३९ लाखको कारोबार भएको छ ।
बिहीबार नेप्सेमा कुल २१३ कम्पनीको सेयर कारोबार हुँदा १०१ कम्पनीकोृ सेयरमूल्य बढेको छ भने १०७ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ । बिहिबार कारोबार भएकामध्ये लुम्बिनी जनरल इन्स्योरेन्स, आदर्श लघुवित्त, बाराही हाइड्रोपावर र सुर्यज्योति लाइफ इन्स्योरेन्सको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।
यता समृद्धि फाइनान्सको सेयरमूल्य ७.६८ प्रतिशतले गिरावट हुँदा सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ४.५ प्रतिशतले घटेको छ ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...