तपाईको सुझाव र समस्यालाई समाधान गर्न सक्दो प्रयास गर्नेछौँ: अध्यक्ष पोखरेल
पाेखरा | माघ १२, २०७९
पोखरा: अनेरास्ववियु पृथ्वीनाराण क्याम्पस कमिटिले क्याम्पसको विभिन्न संकायका भवनहरुमा सुझाव पेटिका राखेको छ ।
क्याम्पसमा अध्यनरत विद्यार्थीहरुको गुनासो, सुझाव र समस्यालाई सहजै संकलन गर्नको लागि सुझाव पेटिका राखिएको अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटिका अध्यक्ष विष्णु पोखरेलले बताए ।
‘विद्यार्थीको समस्यालाई सहजै प्राप्त गर्नको लागि यो एउटा उदाहरणीय कार्य बन्ने छ, पोखरेलले भने, ‘अब कही कतैबाट डराउनु पर्ने, कसैले समस्या नसुन्दिने जस्ता विविध समस्याहरुको समाधान हुनेछ , तपाइहरुको समस्या हाम्रो समस्या हो ।’
पोखरेलले सुझाव पेटिकाले छिटो छरितोरुपमा विद्यार्थी र अनेरास्ववियुबिच सञ्चारको कार्य गर्ने धारणा राखे ।
अनेरास्ववियुले क्याम्पसको शिक्षा संकाय, मानविकी संकाय, विज्ञान संकाय, कानुन संकाय र व्यवस्थापन संकायको भवनमा पाँच वटा सुझाव पेटिका राखेको हो ।



पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

