तपाईको सुझाव र समस्यालाई समाधान गर्न सक्दो प्रयास गर्नेछौँ: अध्यक्ष पोखरेल
पाेखरा | माघ १२, २०७९
पोखरा: अनेरास्ववियु पृथ्वीनाराण क्याम्पस कमिटिले क्याम्पसको विभिन्न संकायका भवनहरुमा सुझाव पेटिका राखेको छ ।
क्याम्पसमा अध्यनरत विद्यार्थीहरुको गुनासो, सुझाव र समस्यालाई सहजै संकलन गर्नको लागि सुझाव पेटिका राखिएको अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटिका अध्यक्ष विष्णु पोखरेलले बताए ।
‘विद्यार्थीको समस्यालाई सहजै प्राप्त गर्नको लागि यो एउटा उदाहरणीय कार्य बन्ने छ, पोखरेलले भने, ‘अब कही कतैबाट डराउनु पर्ने, कसैले समस्या नसुन्दिने जस्ता विविध समस्याहरुको समाधान हुनेछ , तपाइहरुको समस्या हाम्रो समस्या हो ।’
पोखरेलले सुझाव पेटिकाले छिटो छरितोरुपमा विद्यार्थी र अनेरास्ववियुबिच सञ्चारको कार्य गर्ने धारणा राखे ।
अनेरास्ववियुले क्याम्पसको शिक्षा संकाय, मानविकी संकाय, विज्ञान संकाय, कानुन संकाय र व्यवस्थापन संकायको भवनमा पाँच वटा सुझाव पेटिका राखेको हो ।



पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

