राष्ट्रिय मगर संघ गण्डकीको अधिवेशन १४ गते

पाेखरा | माघ ११, २०७९

राष्ट्रिय मगर संघ गण्डकीको अधिवेशन १४ गते

पोखराः   नेपाली कांग्रेस समर्थक राष्ट्रिय मगर संघ गण्डकी प्रदेशका दोस्रो अधिवेशन माघ १४ गते पोखरामा हुने भएको छ । 


पटक पटक मिति घोषणा भएर पनि स्थगित हुँदै आएको राष्ट्रिय मगर संघको गण्डकी प्रदेशको दोस्रो अधिवेशन माघ १४ गते हुने प्रदेश सभापति पदमबहादुर पुनले जानकारी दिए । 


‘पटक पटक मिति घोषणा भए पनि स्थगित हुँदै आएको प्रदेश अधिवेशन माघ १४ गते मिति तय गरेका छौं, पुनले भने, ‘अधिवेशनको उद्घाटन सत्रमा पार्टी सभापति शेरबहादुर देउवासँगै केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।’


उनका अनुसार अधिवेशनमा नेपाली कांग्रेसका शंकर भण्डारी, नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता सुरेन्द्र पाण्डे लगायत कास्की जिल्लाका नेताहरुले सम्बोधन गर्नेछन् ।

 
अधिवेशन अगाडी संघले लखन चोकमा नेपालका प्रथम शहिद लखन थापामगरको शालिकमा माल्यार्पण गर्दै झाँकी ¥यालीसहित नयाँबजारको प्रदर्शनी हलमा कार्यक्रम गर्ने संघका सभापति पुनले जानकारी दिए । 


अधिवेशनमा गण्डकी प्रदेशका १० जिल्लाका प्रत्येक गाउँपालिकाबाट १ जना महिला, २ जना पुरुष र नगरपालिकाबाट २ जना महिला र ३ जना पुरुष प्रतिनिधिका रुपमा सहभागी हुनेछन् । 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्