प्रेम आचार्यको परिवारसँग गृहमन्त्रीको भेट
काठमाडाैं | माघ ११, २०७९
काठमाडौं: उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले इलामका प्रेमप्रसाद आचार्यको परिवारसँग भेट गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा आत्मवृत्तान्तसहितको सुसाइट नोट लेखेर इलाम पञ्चकन्या–६ का आचार्यले मङ्गलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्नुभएको थियो । त्यसलगत्तै प्रहरीले उहाँलाई कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याएको थियो ।
आचार्यको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेको थियो । कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचारका क्रममा उहाँको मृत्यु भएको हो ।
बुधबार दिउँसो अस्पताल पुगेर गृहमन्त्री लामिछानेले आचार्यका परिवारलाई भेटेर कुराकानी गर्नुभएको हो ।
पोखरा: वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् । नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानला...
काठमाडौं: उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ । विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसह...
काठमाडौं: धीरज मगर र उपसना सिंह ठकुरी स्टारर सोसल-रोमान्टिक फिल्म ‘खुश्मा’को प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म असोज ३ गते नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने जनाइएको...