सुनको मूल्य उच्च बिन्दुमा पुग्दा कारोबार प्रभावित

काठमाडाैं | माघ १०, २०७९

सुनको मूल्य उच्च बिन्दुमा पुग्दा कारोबार प्रभावित

काठमाडौं:  सुनको मूल्य ११ महिनापछि हालसम्मकै उच्च बिन्दुमा पुगेपछि सुनको कारोबार प्रभावित भएको छ । मूल्य बढेका कारण नयाँ गहनाको बिक्री ठप्प जस्तै रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


मंगलबारको मूल्यले सुनको कारोबार ठप्प जस्तै भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । ‘केही सातादेखि गत वर्ष बराबरकै उच्च बिन्दुमा सुनको कारोबार भइरहँदा नै बजार प्रभावित भएको थियो,’ उनले भने, ‘तर मंगलबारको मूल्यले नयाँ गहनाको कारोबार ठप्प जस्तै छ । बरु पुरानो गहना बिक्री गर्न आउनेहरु बढेको जानकारी व्यापारीहरुबाट आएको छ ।’


अति आवश्यक परेका सानो समूहबाहेकले सुन खरिद नगरेको उनले बताए । अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर हुँदा सुनमा हुने लगानी बढ्दा मूल्य बढेको महासचिव बज्राचार्यको भनाइ छ । अहिले सरकारले दैनिक १० किलो सुन आयातको कोटा तोकेको छ ।


नेपालभर रहेका करिब ८ हजार सुन पसलले दैनिक २० किलो हाराहारी सुन खपत गर्ने महासंघको भनाइ छ ।


यसअघि २५ फागुन २०७८ मा सुनको मूल्य हालसम्मकै उच्च बिन्दु एक लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

सिन्धुपाल्चोकः  त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा आज विहान जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा दोलखा भीमेश्वर–१ का मानबहादुर थामी, शिव श्रेष्ठ र दीपेन्द्र...

थप पढ्नुहोस्

काठमाडौं:    साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यू...

थप पढ्नुहोस्

बागलुङः  बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर बिहान मृत्यु भएको हो ।    ...

थप पढ्नुहोस्