अब आइन्दा एयरपोर्टमा लगेज चोरी नहोस्: पर्यटनमन्त्री किराँती

काठमाडाैं | माघ १०, २०७९

अब आइन्दा एयरपोर्टमा लगेज चोरी नहोस्: पर्यटनमन्त्री किराँती

काठमाडौं:  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायु सेवा निगमको निरीक्षण गरेका छन् । 


निगमको सोमबार निरीक्षण गर्दै मन्त्री किरातीले विमानस्थलमा हुने लगेज चोरी रोक्न कडाईका साथ सुरक्षाको व्यवस्थाको पहल गर्न आग्रह गरे । 


‘एयरपोर्टमा लगेज हराउँछ’ मन्त्री किराँतीले भने, ‘जे–जे भयो आजसम्म भयो, अब नहोस्, सुन्न नपरोस्, सहन सक्दिन म ।’ विशेषतः खाडी मुलुकबाट फर्कने नेपालीहरुले उक्त समस्या भोग्न परेको चर्चा गरे । 


‘खाडीमा उनीहरुले पसिना बगाएर पठाएको रेमिट्यान्सले देश चलेको छ, उसैलाई ‘डोरी लाहुरे’ भन्दै हेप्ने काम नगरौं’ मन्त्री किराँतीले भने । 


निरीक्षणसँगै कर्मचारीलाई निर्देशन दिँदै मन्त्री किराँतीले अबको एक महिनाभित्र अनलाइन टिकेटिङ् लागु हुनुपर्ने बताए । ‘निजी विमान कम्पनीहरुले गरेका छन्, सकेका छन्’ उनले भने ‘हामीले किन सक्दैनौं ? मलाई नतीजा चाहियो । 


सोही क्रममा किराँतीले जहाजको मर्मत–सम्भार, ग्राउण्ड ह्याण्डलिङमा अनावश्यक रकम खर्च भइरहेको, निगममा अस्थायी र करार कर्मचारीको भीड लागेको समेत उल्लेख गरे । उनले उनीहरुको आवश्यकता र दक्षता के हो ? भन्दै राख्ने वा नराख्ने निर्णय गर्ने जनाए । 


त्यस्तै, निर्धारित समयमा यात्रुले उडान सेवा लिन नपाएको गुनासो बढेको र आफ्नो पनि भोगाइ रहेको भन्दै किराँतीले अब चुस्त र दुरुस्त तालिका बनाउन निर्देशन दिए । 


सम्पूर्ण कर्मचारी र मिडियासहित प्रस्तुत भएका मन्त्रीले निर्देशन र सुझाव दिँदै अन्त्यमा भने ‘म सफा कपडा लगाएर आएको मान्छे हुँ, मलाइ ‘कालो’ हातले छुने प्रयास नगर्नुहोला ।’

 
 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्