‘प्याकेजिङ’ खाद्यवस्तुको दीर्घकालीन असरः चौधौँ खाद्य स्वच्छता दिवस
बाग्लुङ | जेठ २०, २०७९
बागलुङ: बागलुङका विद्यालयमा बालबालिकालाई ‘प्याकेजिङ’ गरिएका खाद्यवस्तुबाट स्वास्थ्यमा हुने दीर्घकालीन असरबारे सचेत बनाइने भएको छ ।
विद्यालयमै पुगेर ‘प्याकेजिङ’ गरिएका खाद्यवस्तुको लेबल विवरण तथा खाद्य स्वच्छतासम्बन्धी जानकारी गराइने भएको खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयले जनाएको छ । आउँदो जेठ २४ गते मनाइने चौधौँ खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित विविध कार्यक्रमअन्तर्गत विद्यालय तहका विद्यार्थीलाई ‘प्याकेजिङ’ गरिएका खाद्यवस्तुसम्बन्धी सचेतनालाई प्राथमिकतामा राखेको हो ।
‘स्वच्छता सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नारासहित मनाउन लागिएको दिवसमा उपभोक्ताको खाद्य स्वच्छतासम्बन्धी अधिकार प्रत्याभूति गर्न बालबालिकालाई सचेत गराउन थालिएको डिभिजन प्रमुख सौरभ श्रेष्ठले बताउनुभयो । “हामीले यसअघि पनि सदरमुकामा रहेका केही विद्यालयमा खाद्य स्वच्छतासम्बन्धी कार्यक्रम सञ्चालन गरीसकेका छौँ”, उहाँले भन्नुभयोे, “विद्यालयको वातावरण हेरेर दिवसको अवसरमा केही विद्यालयका बालबालिकामा सचेतनामूलक कार्यक्रम लैजाने यस पटकको योजना छ ।” बालबालिकालाई सचेत गराउँदा भावी पुस्तामा खाद्य स्वच्छतासम्बन्धी चेतनाको विकास हुने र वर्तमानमा अस्वस्थ्य खाद्यान्नको प्रयोगमा कमी आउने उहाँको बुझाइ छ ।
विद्यालयमा दिवा खाजाको रुपमा प्रयोग हुने ‘प्याकेजिङ’ खानाको लेबल तथा म्याद र त्यसमा प्रयोग भएका खाद्यवस्तुको विषयमा जानकारीको अभावमा बालबालिकाले अखाद्य वस्तु प्रयोग गरिरहेका कतिपय घटना बेलाबेलामा बाहिरिने गरेका छन् । सरकारले कक्षा ५ सम्मका बालबालिकाका लागि दिवा खाजाको व्यवस्था गरेको भए पनि बागलुङका अधिकांश विद्यालयले खाजाको व्यवस्था नगरी प्रतिविद्यार्थी खाजाबापत प्राप्त हुने रकम अभिभावकको जिम्मा लगाउने गरेका छन् ।
डिभिजन कार्यालयले जेठ १९ गतेदेखि विभिन्न कार्यक्रमको आयोजना गरेर खाद्य स्वच्छता दिवस मनाइरहेको छ । सप्ताहअन्तर्गत विद्यालयमा सचेतना कार्यक्रमका साथै होटल तथा रेष्टुराँ अनुगमन गर्ने, बजार तथा खाद्य उद्योग अनुगमन गर्ने खाद्यान्नमा प्रयोग हुने रङको विषयमा सचेनतामूलक कार्यक्रम सञ्चालन गरिने श्रेष्ठले बताउनुभयो ।
खाद्य स्वच्छतासम्बन्धी विभिन्न जानकारी समेटिएका प्रचार सामग्री कार्यालय परिसर तथा मानिसको आवतजावत बढी हुने ठाउँमा राख्न थालिएको छ । दिवस मनाउन डिभिजन कार्यालयले आम सर्वसाधारणलाई स्वच्छ खाद्यवस्तु प्रयोग गर्न पाउने उपभोक्ताको अधिकारप्रति सचेत रहनेगरी सप्ताहव्यापी कार्यक्रममा सहभागी हुन अपिल गरेको छ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

