स्याङ्जाका नगर प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडाैं | माघ ९, २०७९
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगर प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
स्याङ्जा गल्याङ नगरपालिकाका तत्कालिन नगर प्रमुख भुपराज अधिकारी,प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद पाण्डे,लेखापाल राजेन्द्र रेग्मी,आपूर्तिकर्ता स्पुक ट्रेडर्स प्रालि तीनकुने काठमाडौंका प्रतिनिधि शिवप्रसाद न्यौपानेलगायत ६ जनाविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
अदुवाको बीउ खरिदमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा तत्कालीन नगर प्रमुख अधिकारीले १३ लाख रुपैयाँ नगरपालिकालाई हानी पुर्याएको देखिएको अख्तियारको ठहर छ। अधिकारीसँग १३ लाख रुपैयाँ बिगो माग गरिएको छ।
यसैगरी, तत्कालीन नगर प्रमुख अधिकारी,प्रमुख प्रशासनिक अधिकृत पाण्डे,तत्कालीन बाली विकास अधिकृत अरविन्द मणि त्रिपाठी,लेखापाल रेग्मी र तत्कालीन खरिदार सन्तोष कोइरालाले स्पेशिफिकेसनमा उल्लिखित कागजातहरुको परीक्षण नै नगरी गुणस्तरहीन अदुवाको बीउ गानो खरिद गरी भुक्तानीका लागि टिप्पणी आदेश पेश गरेको र पेश भएको टिप्पणी आदेश स्वीकृत गरी १ करोड ९७ लाख ७० हजार ४९९ रकम हिनामिना गरेको पाइएको अख्तियारले जनाएको छ। यिनीहरुविरुद्ध सोही रकम बराबरको बिगो दावी गरिएको छ।
अख्तियारका अनुसार अदुवाको बीउ आपूर्तिकर्ता स्पुक ट्रेडर्स प्रालि तीनकुने काठमाडौं र उक्त प्रालिका अख्तियार प्राप्त अधिकारी शिव प्रसाद न्यौपानेले गुणस्तरहीन अदुवाको बीउ आपूर्ति गरी भुक्तानी लिइ २ करोड १० लाख ७० हजार ४९९ रुपैयाँ हिनामिना गरेको पाइएको छ।
प्रवक्ता भण्डारीका अनुसार आपूर्तिकर्ता स्पुक प्रालि र अख्तियार प्राप्त न्यौपानेलाई ऐनको दफा ८को उपदफा ९४० बमोजिम सजाय माग गरी २ करोड १० लाख ७० हजार ४९९ रुपैयाँ बिगोसमेत जफत गर्न माग दावीसहित भ्रष्टाचार मुद्दा दायर भएको हो।
काठमाडौं: नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार एक कार्यक्रम गर्दै विश्वकप खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नेपाली कांग्रेसका नेता डा। सुनिल शर्माले नेपाली टोलीको बिदाइ गर्नु ...
पोखरा: पोखरा महानगरका मेयर धनराज आचार्यले क्वेष्ट नेपालले विद्यार्थीको गुणस्तर सुधारका लागि विद्यार्थीहरुलाई अलराउण्डर बनाएर सञ्चालन गरिने विद्यार्थी गुणीय चक्र कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने र उक्त कार्यक्रम महा...
काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताएका छन् । नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि...

