दुई लाख भारतीय रुपैयाँसहित एक इटाली नागरिक पक्राउ

काठमाडाैं | माघ ९, २०७९

दुई लाख भारतीय रुपैयाँसहित एक इटाली नागरिक पक्राउ

काठमाडौं:  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको दुई लाख भारतीय रुपैयाँसहित एक इटाली नागरिक पक्राउ परेका छन्। 


पक्राउ पर्नेमा रोवर्ट मिगानी रहेको प्रहरी स्रोतले जनाएको छ। उनी नेपालबाट भारतको नयाँ दिल्ली जाने क्रममा विमानस्थल पुगेका थिए। विमानस्थलमा प्रहरीको सुरक्षा जाँचका क्रममा मिगानीको साथमा स्रोत नखुलेको दुई लाख रुपैयाँ भारतीय नोट फेला परेको हो। 


अहिले प्रहरीले नेपालमा रहेका मिगानी र उनले बोकेको रकमका विषयमा अनुसन्धान गरिरहेको छ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्