पोखरामा तामाङ समुदायले मनाए ल्होछार
पाेखरा | माघ ८, २०७९
पोखरा: तामाङ समुदायले आइतबार पोखरामा २८५९ औँ सोनाम ल्होछार मनाएका छन् । बैदाम तामाङ सेवा समाज पोखराको अयोजनामा आइतबार पोखराको लेकसाईडस्थित खहरेमा रहेको पेमा देछेन लिङ गुम्बामा एक आपसमा शुभकामना आदान प्रदान गरी ल्होछार पर्ब मनाइएको समाजका अध्यक्ष ज्याक तामाङले बताए ।
कार्यक्रममा ताम्बा टोलीद्धारा विभिन्न प्रस्तुति राखिएको थियो । धनबहादुर तामाङ, मनोज तामाङ, जीवन तामाङ, राजन तामाङ, बमबहादुर तामाङ र फरक योञ्जनले प्रस्तुति दिइएका थिए ।
त्यस्तै मिस तामाङको नृत्य, तामाङ सास्कृतिक नृत्य लगायतका कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । नेपालको कला, संस्कृति र सभ्यताको आफ्नै मौलिकता र विशेषता रहेको तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त तामाङले बताए ।
नेपालको राष्ट्रिय संस्कृतिको कडी ल्होछार परम्परा र तामाङ संस्कृति भएको र ल्होछार विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा भएको समाजका अध्यक्ष तामाङले बताए ।
कार्यक्रममा उपस्थित तामांङ समुदायले गुम्बामा पुजा गरेका थिए । गुम्बाका लामा गुरु प्रेम लामाले दर्शनार्थीलाई वांग अभिषेक गराएका थिए ।
यस्तै कार्यक्रममा मिस तामांङ पोखराका सहयोगी तथा उपसमिति संयोजकलाई मायाको चिनो प्रदान गरिएको थियो । समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्ंचालन राम लामा र डोल्मा लामाले गरेका थिए ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

