पोखरा बाटुलेचौरमा अतिथी गार्मेन्ट उद्योग सञ्चालनमा
काठमाडाैं | माघ ८, २०७९
पोखरा: पोखराको बाटुलेचौरमा अतिथी गार्मेन्ट उद्योग सञ्चालनमा आएको छ।
पोखराकै २ जना महिला उद्यमी पार्वती थापा बस्नेत र अन्जना कार्कीको संयुक्त लगानीमा संचालनमा आएको उद्योगले आईतबार सेवा शुभारम्भ गर्दै आफ्ना उत्पादनलाई उपभोक्ताको माझ ल्याएको हो।
सेवाको गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार, शहरी विकास, तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले उद्घाटन गर्नुभएको छ। कार्यक्रममा बोल्दै खड्काले उद्यमशीलतावाट मात्रै समृद्धि ल्याउन सकिने बताउदै, उद्योगले महिला सशक्तीकरणमा समेत टेवा पुर्याउने विस्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा कृषि विज्ञ वेनी बहादुर बस्नेत, एकल महिला समुहका अध्यक्ष दुर्गा केसी थापा, वडा सदस्य राजकुमारी बानियाँ, क्षेत्री समाज पोखरा १६ का अध्यक्ष सन्दिप थापा, विन्ध्यवासिनी मा विका सहायक प्रधानाध्यापक रामबहादुर बानियाँ, समाजसेवी नरेन्द्र थापा, बलराम तिमिल्सिना लगायतकाले उद्योग सफलताको शुभकामना व्यक्त गरेका थिए।हाल ५ जना महिलाले रोजगारी पाएकोमा अव बजारीकरण र सेवा विस्तारले सयौं महिलालाई रोजगारी दिन सकिने संचालक बस्नेतले बताउनुभयो।लामो समय शिक्षण पेशामा आवद्ध वस्नेतले महिला उद्यमशीलताको विकास गर्ने र स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले व्यवसाय सञ्चालन गर्नुभएको हो।
करिब २५ लाखको लगानीमा संचालनमा आएको उद्योगले प्लास्टिक रहित अभियानलाई सहयोग पुर्याउने गरि सपिङ झोला उत्पादन गरेको छ। त्यस्तै उद्योगले स्कुल र कलेजका डे्स, स्वेटर, झोला, सर्टिङ्ग सुटिङ लगायतका विभिन्न सामग्रीहरू उत्पादन सहित बजारीकरण गरेको बताएको छ।
तनहुँ: तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित दरै सामुदायिक घरबास ९होमस्टे० पुग्नेबित्तिकै अग्ला मकैका माच देखिन्छन् । यहाँ आउने जोकोही थाङ्ग्रो देखेर अचम्म मान्छन् । दरै सामुदायिक घरबासका सञ्चाल...
पोखरा: पोखराको नदिपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयको वार्षिक कार्यक्रम अनुसार स्पोर्टस् फेस्ट २०८२ को औपचारिक शुभारम्भ बुधबार गरिएको छ । दुई साता चल्ने स्पोर्टस् फेस्टमा हरियो, रातो, पहेंलो ...
पोखरा: पछिल्लो समय एन्टिबायोटिक औषधीको दुरुपयोग बढ्दै गएको भन्दै बिभिन्न सरोकारवालाहरुले छलफल चलाएका छन । सर्वसाधारणदेखि स्वास्थ्यकर्मीसम्म एन्टिबायोटिकको सजिलै पहुँच, प्रेस्क्रिप्सनबिनै औषधी वित...

