इन्दिरा रानामगर उपसभामुखमा निर्वाचित

काठमाडाैं | माघ ७, २०७९

इन्दिरा रानामगर उपसभामुखमा निर्वाचित

काठमाडौंः    राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर प्रतिनिधिसभाको उपसभामुखमा  निर्वाचित भएकी छन्। इन्दिराले १६६ मत ल्याएर उपसभामुखमा निर्वाचित भएकी हुन्। प्रतिस्पर्धी नेपाली कांग्रेसकी मुक्ता कुमारी यादवले ९७ मत ल्याइन्। कूल २६४ मत खसेको सभामुख देवराज घिमिरेले जानकारी दिए। जसमध्ये १ सांसद् तटस्थ बसे।


झापाकी इन्दिरा आदिवासी जनजाति महिलाबाट समानुपातिक सांसद् भएकी थिइन्। राजनीतिमा आउनुअघि रानामगर कारागार पुगेका निर्दोष बालबालिकालाई आश्रय र शिक्षा दिन सक्रिय थिइन्।


उनलाई रास्वपाका सोबिता गौतमले प्रस्ताव गरेकी थिइन्। उनका समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रका नारायणी शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन रहेका छन्।


त्यस्तै यादवको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्ला थिए।

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्