गृह मन्त्रालय विधि र पद्धतिभन्दा एक कदम बाहिर निस्किदैन: गृहमन्त्री लामिछाने
काठमाडाैं | माघ ५, २०७९
काठमाडौं: उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आम नागरिकलाई प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्यलगायतका विषयमा संसदले आवश्यक काम अघि बढाउन नसकेको बताउनुभएको छ ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुखका उम्मेदवार देवराज घिमिरेको समर्थनमा बोल्नुहुँदै गृहमन्त्री लामिछानेले सो कुरा बताउनुभएको हो । शिक्षा, स्वास्थ्यका विषयमा सरकारले आवश्यक नीति बनाउन चुकेको धारणा व्यक्त गर्नुहुँदे उहाँले सभामुख जस्तो गरिमामय पदलाई बचाउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘यति धेरै लामो समयसम्म आम नागरिकलाई प्रतयक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्यलगायतका विषयमा संसदले त्यस्ता ऐन, कानुन ल्याएर छलफल गर्नुपर्ने थियो यसमा विगतमा हामी धेरै चुक्यौ भन्ने लाग्छ, दलबाट चुनिएर आएपनि दलभन्दा माथि उठेर पदको अस्तित्व बचाउन सक्नुहुन्छ भन्ने लाग्छौँ । लाभहानी हेरेर काम नहोस् । जनताका मर्म नभुलि काम गरौँ । त्यो पनि प्राथमिकता छुट्याएर ।’’
गृहमन्त्री लामिछानेले दलगत कुराभन्दा माथि उठेर आगामी दिनमा सभामुखले आफ्नो भूमिका निष्पक्ष रुपमा सम्पन्न गर्नुपर्ने बताउनु भयो ।
गृहमन्त्री लामिछानेले गृह मन्त्रालय आफ्नो विधि र पद्धति भन्दा बाहिर नजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले फरार रहनुभएका व्यक्ति संसदमा भएको र पक्राउको माग गर्न आग्रह गरेको कुरालाई खण्डन गर्दै उहाँले विधि र पद्धतिको पक्षमा गृह मन्त्रालय रहेको बताउनुभयो । गृहमन्त्रीले मन्त्रालयले आफ्नो विधिअनुसार काम गर्दा दवाव र प्रभावमा नपार्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘फरार रहनुभएका मानिस संसदमा हुनुहुन्छ, पक्राउ गर्न भन्नुभयो, विधि र पद्धतिभन्दा बाहिर गएर गृह मन्त्रालय एक कदम बाहिर निस्किदैन । यो प्रक्रियामा कसैले दवाव र प्रभाव पार्नुहुने छैन भन्ने आशा छ, विधि स्थापित गरेर कर्मचारीको सरुवा बढुवा हुन्छ । गृह मन्त्रालय आफ्नो निर्णयमा टसमस छैन । हामीले विधि र पद्धति स्थापित गर्छौं भनेर देखाइरहनु पर्दैन, यो स्वतःसिद्ध छ ।’’
गृहमन्त्री लामिछानेले नेकपा एमालेबाट सभामुखका उम्मेदवार घिमिरेलाई प्रतिनिधि सभाको सभामुखमा विजयी गराउन सांसदहरुसँग् आग्रह गर्नुभयो ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

