युक्रेनमा हेलिकप्टर दुर्घटना हुँदा मन्त्रीसहित १६ जनाको मृत्यु
काठमाडाैं | माघ ४, २०७९
काठमाडौंः युक्रेनको राजधानी किएभको बाहिरी भेगमा रहेको शिशु पाठशाला नजिक बुधवार भएको हेलिकप्टर दुर्घटनमा परि युक्रेनका आन्तरिक मामिला मन्त्रीसहित १६ जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना बालबालिकाको पनि ज्यान गएको अधिकारीहरूले बताएका छन् ।
राष्ट्रिय प्रहरी प्रमुख इगोर क्लेइमन्कोले अहिलेसम्म १६ जनाको ज्यान गएको जानकारी प्राप्त भएको बताउनुभएको छ । आन्तरिक मामिला मन्त्रालयका कैयौँ उच्च अधिकारी, आन्तरिक मामिला मन्त्री डेनिस मोनास्ट्रास्के र उहाँका उपमन्त्रीको ज्यान गएको छ ।
अनलाइनमा पोस्ट गरिएको एउटा भिडियोमा हेलिकप्टरमा आगो लागेको देखिन्छ भने रुवावासी भएको आवाज सुनिन्छ । दुर्घटनाको सम्बन्धमा तत्काल थप विवरण प्राप्त भएको छैन ।
४२ वर्षीय आन्तरिक मामिला मन्त्री मोनास्ट्रास्के दुई सन्तानका पिता हुनुहुन्छ । उहाँ दुई वर्षअघि मन्त्री नियुक्त हुनुभएको थियो ।
दश जना बालबालिकासहित २२ जनालाई अस्पताल भर्ना गरिएको छ । दुर्घटनाका बेला शिशु पाठशालामा कर्मचारी र बालबालिका थिए । प्रहरी र चिकित्साकर्मी दुर्घटनास्थलमा उद्धार तथा उपचारमा सक्रिय छन् ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

