विमान दुर्घटनामा मृत्यु भएका ३८ जनाको सनाखत, अब पोष्टमार्टम गरिने

पाेखरा | माघ २, २०७९

विमान दुर्घटनामा मृत्यु भएका ३८ जनाको सनाखत, अब पोष्टमार्टम गरिने

पोखराः   पोखरामा आइतबार विमान दुर्घटनामा ज्यान गुमाएका ३८ जनाको सनाखत भएको छ । पोखरामा आइतबार यती एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको परिवार तथा आफन्तको सहयोगमा सनाखत गरिएको हो । 


सनाखतमा हुनेमा १६ महिला र २२ पुरुष रहेका छन् । फेला परेकामध्ये सनाखत भइसकेका शवको पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तयार छन् । 


पोर्टमार्टमका लागि ७ सदस्यीय राष्ट्रिय टोली गठन गरिएको छ डाक्टर भरत खत्रीका अनुसार सो टोलीमा पोखराका ५ जना र काठमाडौंका २  जना डाक्टर रहेका छन् । 


काठमाडौंका २ जना डाक्टर पोखरा आइपुगेकाले आवश्यक प्रक्रिया पुरा भइसकेको डाक्टर भरत खत्रीले बताए । उनले काठमाडौंका २ जना डाक्टर पोखरा आइपुगेकाले अब पोष्टमार्टम गर्ने बताए । 


‘काठमाडौंबाट आउनुहुने २ जना डाक्टर पोखरा आइपुग्नु भएको छ । सबै प्रक्रिया पुरा भइसकेका छन्’, डाक्टर खत्रीले भने, ‘पोष्टमार्टम गर्न मिल्ने जति गरेर आफ्ना आफन्तलाई बुझाउन तयार छौं ।’ 


उनले हालसम्म फेला परेका शवलाइ नम्बर किटान गरेर राखिएको बताए ।  ‘हामीले सुरुदेखि ल्याएका शवलाई नम्बरिङ गरेका छौं, त्यो मध्ये पहिचान गर्न  सक्ने जतिलाई यहि गर्छाै र आफन्तलाई जिम्मा लगाउँछौ’, उनले भने, ‘बाँकी सबैलाई हेलीमार्फत काठमाडौं पठाउने व्यवस्था गरेका छौं ।’


उनका अनुसार सनाखत हुन नसकेका शव, चालकदलका सदस्यहरु र विदेशी नागरिकका शवलाई पोष्टमार्टम र डिएनए परिक्षणका लागि काठमाडौं पठाइने छ । 

 

 

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्