पोखरा १ मा लैंगिक हिंसा विरुद्ध समचेतना कार्यक्रम

पाेखरा | पुस ३०, २०७९

पोखरा १ मा लैंगिक हिंसा विरुद्ध समचेतना कार्यक्रम

पोखराः    पोखरा महानगरपालिका सामाजिक महाशाखाको सहयोगमा पोखरा १ मा महिला पुरुष समचेतना कार्यक्रम सम्पन्न भएको छ । 


पोखरा महानगरपालिका वडा १ को आयोजनामा कार्यक्रममा लैंगिक हिंसा विरुद्ध पुरुषहरुको एक्यबद्धता जनाउनका लागि उक्त कार्यक्रमको आयोजना पोखरा १ का वडा सदस्य शोभा गुरुङले जानकारी दिए । 


‘समाजमा महिला र पुरुष समान रहेको भन्दै एकले अर्काको भावना बुझेर अघि बढेमा हिंसा रोक्न सकिन्छ ,गुरुङले भनिन्, ‘लैंगिक हिंसाको अन्त्यका लागि महिला र पुरुषको एक्यवद्धता हुन अत्यावश्यक छ ।’


जुक माया परियारको संयोजनमा भएको कार्यक्रममा वडा अध्यक्ष साहारा प्रधान, निवर्तमान वडा अध्यक्ष शारदा पराजुलीले आफ्नो धारणा राखेका थिए ।कार्यक्रममा अधिवक्ता जुना गुरूङ र प्रहरी वरिष्ठ नायव निरीक्षक होत बहादुर रोकाले प्रशिक्षण दिएका थिए । 

 

हरिचोक आमा समुहकी निर्मला सुवेदी, मोहोेरिया सिंहनाथ टोल विकास संस्थाका गणेश श्रेष्ठ , नेपाल रेडक्रस उपशाखा बगर सभापति जीवन अधिकारी,निवर्तमान वडासदस्य रुद्रप्रसाद सुवेदी लगायतले आफ्नो भनाइ राखेको थिए । 

काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...

थप पढ्नुहोस्

गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ ।   रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...

थप पढ्नुहोस्

गण्डकी:   कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ ।   रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

थप पढ्नुहोस्