संस्कृतिकर्मी मेनकाजी–मिरा स्मृति कक्ष उद्घाटन

कास्की | जेठ १८, २०७९

संस्कृतिकर्मी मेनकाजी–मिरा स्मृति कक्ष उद्घाटन

पोखरा:  वरिष्ठ संस्कृतिकर्मी, शिक्षासेवी, समाजसेवी तथा हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ र धर्मपत्नी मिरा गुरुङको स्मृतिमा निर्मित मेनकाजी मिरा स्मृति कक्षको उद्घाटन गरिएको छ ।

 

हिमाली साँस्कृतिक परिवारको भवनमा निर्माण गरिएको स्मृतिकक्षको स्वर्गीय गुरुङको प्रथम वार्षिकीको अवसरमा पोखरा ९ का नवनिर्वाचित वडाध्यक्ष दिपेन्द्र मर्सानीले उद्घाटन गरे । 

 

गुरुङ दाम्पत्यले सञ्चालन गरेको कञ्चनजङ्गा होष्टेलका पूर्व विद्यार्थी लक्ष्मी गुरुङ (जापान) आरती गुरुङ  (युके) को  पहलमा संकलित ६ लाख ३३ हजार ५३ रुपैया र सांस्कृतिक परिवारको ८ लाखको लागतमा उक्त कक्ष निर्माण गरिएको हो ।

गतवर्ष जेठ १७ गते कोरोना महामारीको समयमा मेनकाजी गुरुङ र जेठ १ गते धर्मपत्नी मिरा गुरुङको उपचारकै क्रममा निधन भएको थियो ।
 

स्मृतिकक्षको उद्घाटन पश्चात बोल्दै कार्यक्रमका प्मुख अतिथि समेत रहेका पोखरा ९ का वडाध्यक्ष लगायत जनप्रतिनिधीहरुलाई बधाई कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष दिपेन्द्र मर्सानीले गुरुङको निधनले लोक संस्कृतिमा ठुलो क्षति पुगेको धारणा राखे ।

 

उनले आफ्नो पारिवारिक सम्बन्ध एवम छोरीहरुको गुरु गुरुआमाको गुमाउनुको पीडा असैह्य हुने बताउदै सांस्कृतिक परिवारका लागि आफ्नो वडा सधै सहयोग र सहकार्य गर्न तयार रहेको बताए ।

 

यसैगरि हिमाली सांस्कृतिक परिवारका सल्लाहकार एवम तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले स्वर्गीय गुरुङको निधनले लोक संस्कृतिको जिउँदो  संग्रहालय नै गुमाएको उल्लेख गरे ।

 

उनले स्वर्गीय गुरुङलाई चिरकाल स्मरणका लागि शुभेच्छुक व्यक्ति एवम संघ संस्थाहरुबाट ३५ लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको बताउदै उक्त कोषको वार्षिक व्याजबाट अग्रज कलाकार सम्मान, क्रियाशील कलाकारहरुलाई पुरस्कृत र लोक सँस्कृतिको संरक्षण विकास गरिने जानकारी दिएका थिए ।

 

हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहसचिव मनबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालनसचिव श्रीजंग गुरुङले गरेका थिए ।   
 

म्याग्दी:  जिल्लाबाट वार्षिक दुई सय ५० परिवारका दरले अन्यत्र बसाइँसराइ गरेर जाने गरेका छन् । स्थानीय तहका पञ्जीकरण शाखाको अभिलेखअनुसार जिल्लाभरका पालिकामा बसाइँसराइ गरेर आउने परिवारको सङ्ख्या भने वार्...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी मङ्सिरमा हुने भएको छ । प्रतियोगिता आगामी मङ्सिर १ देखि २७ गतेसम्म हुने नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज जारी प्रेस ...

थप पढ्नुहोस्

पोखरा:  रोजगारीको शिलसिलामा कोरियामा रहेका नेपालीले पोखराका दुई विद्यालयलाई सहयोग गरेका छन्। कोरियामा रोजगारीसँगै त्यहाँका सरकारी निकायमा कार्यरत व्यक्तिसँग समन्वय गरी संकलन गरेको रकमबाट पोखरा १...

थप पढ्नुहोस्