नेताहरुले प्रतिबद्धता पूरा गरे देश बन्छ: अध्यक्ष तिमिल्सिना
काठमाडाैं | पुस २८, २०७९
म्याग्दी: प्रमुख राजनीतिक दलका नेताहरुले आफ्नो प्रतिवद्धताअनुसार काम गरे देश बन्ने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनुभएको छ । सातौं म्याग्दी महोत्सव–२०७९ को उदघाटन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “गएको स्थानीयतह निर्वाचन र आम निर्वाचनमा राजनैतिक दलहरुले जारी गरेको प्रतिबद्धता मात्रै पूरा गरेमा मुलुक समृद्ध बन्छ ।” अहिले मुलुक विकास र समृद्धिको मार्गमा अगाडि बढेको बताउँदै तिमिल्सिनाले दलहरुको प्रतिवद्धता व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
देशमा सुशासन, पारदर्शीता, बिधिको सासन र भ्रष्टाचार अन्त्य हुनु पर्ने उहाँको भनाइ छ । संविधानसभाबाट संविधान बनेको र त्यसपछिका बिधिहरु अगाडि बढेकाले मुलुकको नेतृत्व गर्नेले कार्यान्वयनमा लानु पर्ने उहाँले बताउनुभयो ।
उद्योग ब्यापार र कलाको विकास गरौं संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवर्धन गरौं भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव उदघाटन गर्दै अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘विदेशमा रोजगार गर्नेलाई स्वदेशमै रोजगारी गर्ने वातावरण बनाउन राजनीतिक दलको प्रतिबद्धता पूरा हुन आवश्यक छ ।’
कालिगण्डकी करिडोर देशभरीकै महत्वपूर्ण योजना भएकाले सबैले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । मालढुङ्गा बेनी १३ किलोमिटर सडक ९९ करोड बजेटको कार्यक्रम भएको उहाँले चर्चा गर्नुभयो । टेण्डर प्रक्रिया पूरा भएर अगाडि बढेको भए पनि काम चुस्त हुन नसकेको उहाँको गुनासो छ ।
कालिगण्डकी करिडोर सडक आयोजनाको कोरला नाकासम्म पनि पुगेको बताउँदै तिमिल्सिनाले कोरला नाका सञ्चालनका लागि पहल गरिनु पर्ने बताउनुभयो । अपर मुस्ताङको नाका खुल्दा अन्तरदेशीय ब्यापार हुने बताउँदै नेपाल र चीन मात्रै नभएर नेपाल भारत र चीनको त्रिदेशीय नाकाको रुपमा कोरलाको बिस्तार भइरहेको बताउनुभयो । भन्सारका लागि सरकारले जग्गा पाएकाले अब काम चाँडै हुने विश्वास व्यक्त गर्नुभयो ।
बेनी–जोमसोम–कोरला कालिगण्डकी सडक आयोजनाको प्रमुखलाई नै सँगै लिएर आफू कोरला नाकासम्म पुगेकाले सडकले तिब्रता पाउने उहाँको भनाइ छ । अध्यक्ष तिमिल्सिनाले करिडोरको म्याग्दी खण्डमा भौगोलिक कारणले केही समस्या भएको बताउनुभयो ।
काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...
गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ । रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...
गण्डकी: कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

