प्रेस युनियन सुदूरपश्चिम समितिको अध्यक्षमा स्वाँर निर्वाचित

काठमाडाैं | पुस २८, २०७९

प्रेस युनियन सुदूरपश्चिम समितिको अध्यक्षमा स्वाँर निर्वाचित

धनगढी:  नेपाल प्रेस युनियनको सुदूरपश्चिम प्रदेश समिति अध्यक्षमा  पत्रकार मनमोहन स्वाँर निर्विरोध निर्वाचित हुनुभएको छ । धनगढीमा भएको प्रदेश समितिको प्रथम अधिवेशनबाट उहाँ अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको हो । 


यसैगरी, युनियनको खुला उपाध्यक्षमा टेकेन्द्र देउवा, महिला उपाध्यक्षमा गीता कुँवर, समावेशी उपाध्यक्षमा जगत खड्का निर्विरोध निर्वाचित हुनुभएको छ । महासचिवमा हरिश भट्ट, खुला सचिवमा राजेन्द्रबहादुर रोकाया, महिला सचिवमा बन्दना बम, समावेशी सचिवमा भीमबहादुर चौधरी र कोषाध्यक्षमा वीरबहादुर गडाल निर्विरोध चयन हुनुभएको छ । 


खुला सदस्यमा टेकबहादुर कुँवर, दीपक भण्डारी, हर्कबहादुर विष्ट, केशवदत्त भट्ट र चन्द्रप्रसाद खनाल चयन हुनुभएको छ । यसैगरी, महिला सदस्यमा कुमारी लक्ष्मी बम, सरस्वती भाट, करुणा जोशी, डालीकुमारी पाण्डेय निर्विरोध निर्वाचित हुनुभएको छ । 


दलित सदस्यमा लक्ष्मण विक, आदिवासी जनजाति सदस्यमा विनिता चौधरी, प्रेमकुमार चौधरी, मधेसी सदस्यमा रामदास राना, सागर कुश्मी, यौनिक अल्पसङ्ख्यक अपाङ सदस्यमा धनबहादुर बोहरा र पदम भाट गाउँले निर्विरोध निर्वाचित हुनुभएको छ । यसैगरी, लेखा समिति संयोजकमा कृतबहादुर विष्ट, सदस्यमा नवराज पनेरु र गगन अयडी निर्विरोध निर्वाचित हुनुभएको छ । 

पोखरा: कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ ।      कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले उद्घाटन गर्न...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय सभाका रिक्त १७ सिटकालागि भोलि निर्वाचन हुँदैछ । मतदान भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएको मतदान केन्द्रमा हुने निर्वाचन आयोगले जनाएको छ । १८ सिट रिक्...

थप पढ्नुहोस्

काठमाडौं: आईसीसीले टी–२० विश्वकप २०२६ बाट बंगलादेशलाई हटाउँदै स्कटल्याण्डलाई खेलाउने निर्णय गरेको छ।  बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले भारतमा खेल्न अस्वीकार गरेपछि आईसीसीले बंगलादेशलाई प्रति...

थप पढ्नुहोस्