राष्ट्र निर्मातालाई सम्मान गर्ने कुरामा हीनताबोध गर्नुपर्दैन: अध्यक्ष लिङ्देन
काठमाडाैं | पुस २६, २०७९
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको बताउनुभएको छ ।
मङ्गलबार प्रतिनिधि सभामा बोल्नुहुँदै राप्रपाका अध्यक्ष लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बताउनुभएको हो । उहाँले सरकारले न्यूनतम साझा कार्यक्रममा सरकारले गरेका बाचा पूरा गर्नुपर्ने बताउनु भयो ।
अध्यक्ष लिङ्देनले राष्ट्र निर्मातालाई सम्मान गर्ने कुरामा कसैले पनि हीनताबोध गर्नु नहुने धारणा व्यक्त गर्नुभयो । उहाँले देशका गौरवशाली इतिहासको सम्मान गर्ने कुरा पछि फर्किएको नहुने बताउनुभयो । पृथ्वी जयन्ती एक पार्टीको मात्रै नभई सबै देशको भएको अध्यक्ष लिङ्देनको भनाइ छ ।
पृथ्वी जयन्तीको अवसरमा राप्रपाले भृकुटी मण्डपमा भोलि ९बुधवार० चियापान कार्यक्रम गर्ने भएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

