अशक्त नागरिकको घरमै नागरिकता बाड्दै जिप्रका दार्चुला

दार्चुला | पुस २६, २०७९

अशक्त नागरिकको घरमै नागरिकता बाड्दै जिप्रका दार्चुला फाइल तस्बिर

दार्चुला:   दार्चुलाको मालिकार्जुन गाउँपालिका–४, हुनैनाथका ७४ वर्षीया अनिता धामीको घरमै पुगेर उहाँलाई नागरिकता प्रदान गरिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाको टोलीले घरमै आएर नागरिकता दिएपछि धामी निकै खुसी हुनुभएको छ।


स्थानीय कृष्ण धामीका अनुसार धामीलाई नागरिकता दिलाउन एक दशकअघिदेखि पहलकदमी भएको थियो। वृद्धावस्थामा नेपाली नागरिकता प्राप्त भएपछि राज्यबाट प्राप्त हुने सेवासुविधा लिन धामलाई सहज भएको छ।


विभिन्न कारणले जिल्ला प्रशासन कार्यालय दार्चुलामा पुग्न नसकेका नागरिकलाई घरदैलोमा पुगेर सेवा दिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले गरिरहेको छ। सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार मालिकार्जुन गाउँपालिकाको आग्रहअनुसार तीन जना नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ।


मालिकार्जुन गाउँपालिका–३ का ५५ वर्षीय केशवसिंह धामी, वडा नं. ४ का ज्येष्ठ नागरिक ७४ वर्षीया अनिता धामी र मानसिक रूपमा अस्वस्थ रहेका वडा नं. ४ कै करवीरसिंह धामीको घरमा पुगेर जिप्रकाले नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको मालिकार्जुन गाउँपालिका अध्यक्ष हीरासिंह धामीले जानकारी दिनुभयो। 


प्रशासन कार्यालयले विगतदेखि नै समस्यामा परेका नागरिकलाई घरदैलोमा नै गएर सेवा दिने गरेको सहायक प्रजिअ साउदले बताउनुभयो। अरू स्थानीय तहमा पनि नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय पुग्न नसकेर समस्यामा परेका नागरिक भए सूचना दिन जिल्ला प्रशासन कार्यालयले सम्बन्धित स्थानीय तहलाई आग्रह गरेको छ। 


गाउँघरमा धेरै नागरिक उमेर पुग्दासमेत विभिन्न कारणले नागरिकता प्रमाणपत्र पाउनबाट वञ्चित रहेका छन्। नागरिकता वितरणका लागि पालिका र प्रशासनले थप ध्यान दिनु आवश्यक रहेको स्थानीयवासीको भनाइ छ।   

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्