३ केजी लागूपदार्थसहित बिरेन पोखरामा प्रकाउ
पाेखरा | पुस २५, २०७९
पोखराः जिल्ला प्रहरी कार्यालय कास्कीले रुकुम पूर्वका बिरेन शाहीलाई ३ केजी ३ सय ग्राम लागूपदार्थ चरेशसहित प्रकाउ गरेको छ ।
पोखरा महानगरपालिका ९ पृथ्वीचोकमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले शंकास्पद अवस्थामा फेला पारी रितपूर्वक खानतलासी गर्दा रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका १२ घर भएका ३५ वर्षीय शाही ३ केजी ३ सय ग्राम लागूपदार्थ (चरेश)सँगै एक थान मोवाइलसहित प्रकाउ परेका हुन् ।

लागूपदार्थसहित प्रकाउ परेका शाहीलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

