पोखरामा दीपानारायण झा गुञ्जदै
पाेखरा | पुस २५, २०७९
पोखराः हार्मोनी पोखराले पुस २९ गते पोखरा सभागृहमा रारा टेस्ट अफ हार्मोनीको चौथो संस्करणमा आयोजना गरेको छ । हार्मोनीको चौथो संस्करणमा पोखरामा दीपानारायण झाका गीतहरु गुञ्जदैछन ।
हार्मोनी पोखराकी अध्यक्ष इतु जोजिजुले दीपानारायण झाको सभागृतमा दीपानारायण झाको स्वर प्रत्यक्षसमेत गुञ्जिनेछ । कार्यक्रममा दीपालाई विशेष सम्मानसमेत गरिनेछ । ‘दीपानारयण झाको विगतको अनुभव हामीले सुन्न पाउनेछौं । उहाँले केही चर्चित गीतहरुमा प्रस्तुती दिनुहुनेछ’, उनले भनिन् । दीपाले नेपाली सुगम संगीतसहित सम्झना, कुसुमे रुमाल, मसाल, अन्याय, पिरती, सन्तान, कन्यादान, फेरि भेटौंला, कर्जा, पछ्यौरी, देउकी, ट्रक ड्राइभर, कसम लगायत नेपाली चलचित्रका गीतहरुमा दिएको स्वर यादगार छन् ।
सोही अवसरमा झासँगै पोखरेली गायिकाहरु इतु जोजिजु, शीतल थापा, अजुदा थापा, कौशल्या गुरुङ, मितु पाल सिंह, लक्ष्मी गिरी, प्रतीक्षा देवकोटा, देवी गुरुङ, रजनी ऋदम राई, प्रिया गुरुङ र प्रकृति गुरुङले झासँगै स्टेज शेयर गर्नेछन् । उनीहरुको सहयोगी गायका रुपमा रामभक्त जोजिजु, विनोद बानियाँ, सन्तोष बस्याल, ज्ञान थापा र मिलन तमु पनि सहभागी हुनेछन् ।
उक्त कार्यक्रमको अवसरमा क्यान्सर पीडित लक्ष्मी भट्टराई र भायोलिन तथा पियानो वादक उपासना पाख्रिनलाई पनि प्रोत्साहन सम्मान गरिने आयोजकले जनाएको छ । २०७३ मा स्थापना भएको हार्माेनी पोखराले टेस्ट अफ हार्माेनीको पहिलो संस्करण लेजेन्डरी हार्माेनियस इभिनिङ गरेको थियो ।
पोखरा: मधेशी आयोगले सातौं वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस गरेको छ । प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा आयोगकी सदस्य आभासेतु सिंहले वार्षिक प्रतिवेदन प्रद...
काठमाडौं: सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा ...
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा बुधबारदेखि ३२ औं ऐतिहासिक चैते दशैं मेला सुरु हुँदै छ । ग्रीन हिल क्लबको आयोजनामा हुने यस मेला चैत २७ गतेसम्म चल्ने क्लबका अध्यक्ष सुज...

