फार वेस्टले पोखरालाई हराएपछि काठमाडौं प्लेअफमा
काठमाडाैं | पुस २३, २०७९
काठमाडौं: काठमाडौं नाइट्स नेपाल टी–२० क्रिकेट लिगको प्लेअफमा पुगेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको दोस्रो खेलमा फार वेस्ट युनाइटेडले पोखरा एभेन्जर्सलाई ४१ रनले हराएपछि काठमाडौंं प्लेअफमा पुगेको हो ।
काठमार्डौं तालिकाको चौथो स्थानमा रह्यो । हारसँगै पोखरा प्रतियोगिताबाट बाहिरिएको छ । फार वेस्ट यसअघिनै बाहिरि सकेको थियो । फार वेस्टले दिएको एक सय ८८ रनको विजय लक्ष्य पछ्याएको पोखराले १८.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४६ रन मात्र बनाउन सक्यो ।
पोखराका लागि कप्तान उपुल थरंगाले ३६ रन बनाउनुभयो । प्रतिश जिशीले ३४, सिद्धान्त लोहनीले २८ र सुमित महर्जनले १४ बनाउनुभयो । बलिङमा फार वेस्टका लागि दुर्गेश गुप्ता र कप्तान हशमतुल्लाह शाहिदीले दुई दुई विकेट लिनुभयो । करण केसी र प्रकाश जैशीले एक एक विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८८ रन बनाएको थियो ।
फार वेस्टका कप्तान शाहिदीले ६७ रन बनाउनुभयो । विनोद भण्डारीले ५९, राशिद खानले १४ र करण केसीले अविजित ११ रन बनाउनुभयो । बलिङ पोखराका लागि अभिमन्यु मिथुनले दुई तथा प्रतिश जिशीले एक विकेट लिनुभयो ।
यससँगै लिगको प्लेअफ समिकरण पूरा भएको छ । लुम्बिनी अल स्टार, जनकपुर रोयल्स र विराटनगर सुपर किंग्सले यसअघिनै प्लेअफमा स्थान बनाईसकेका छन् । पुस २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछन् ।
पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...
पोखरा । तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...
पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ । लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

