एमालेले आजदेखि नवनिर्वाचित सांसदहरुलाई प्रशिक्षण दिने
काठमाडाैं | पुस २३, २०७९
काठमाडौं: नेकपा एमालेले नवनिर्वाचित सांसदहरुलाई आजदेखि प्रशिक्षण दिने भएको छ । शनिबार दिउँसो संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो १ बजे एमालेका नवनिर्वाचित सांसदहरुलाई प्रशिक्षण दिने संसदीय विभाग प्रमुख डा.शिवमाया तुम्बाहाङफेले जानकारी दिइन्।
एमालेले नेपालमा संसदीय प्रक्रिया तथा कानुन तर्जुमा विषायक अभिमुखिकरण सञ्चालन गर्न लागेको हो। उनका अनुसार पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले निर्देशनात्मक प्रशिक्षण एवम् सम्बोधन गर्नेछन्।
एमालेमा प्रत्यक्ष चुनावबाट ४४ जना र समानुपातिकबाट ३४ जना गरी ७८ जना प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। एक जना स्वतन्त्र सांसद एमालेमा प्रवेश गरेपछि ७९ जना पुगेका छन्।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

