मृतकको ब्रास्लेट चोरी गरेको आरोपमा अस्पतालका सुरक्षा गार्ड पक्राउ

काठमाडाैं | पुस २२, २०७९

मृतकको ब्रास्लेट चोरी गरेको आरोपमा अस्पतालका सुरक्षा गार्ड पक्राउ

चितवन:  भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका एक व्यक्तिको नाडीमा रहेको सुनको ब्रास्लेट चोरी गरेको अभियोगमा चितवन प्रहरीले अस्पतालका सुरक्षा गार्डलाई पक्राउ गरेको छ । 


चितवनका प्रहरी प्रवक्ता विजय पण्डितका अनुसार भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका तनहुँ भानु नगरपालिका २ घर भई चितवनको भरतपुर १ बस्ने वर्ष ३७ को सञ्जीवबहादुर रायमाझीको नाडीमा रहेको ब्रास्लेट चोरी गरेको अभियोगमा राईलाई पक्राउ गरिएको हो । 


गत आइतबार नारायणगढ मुग्लिन सडक खण्डको भरतपुुर २९ केराबारी नजिकै ना ५६ ख ३३१२ नम्बरको ट्रकले ठक्कर दिँदा घाइते भएका बा।०३–००३ प ६५७४ नम्बरको मोटरसाइकल चालक रायमाझी घाइते भई भरतपुर अस्पतालमा उपचाररत थिए ।


रायमाझीको  उपचारको क्रममा मृत्यु भएको र मृत्युपश्चात् शवगृहमा रहेको लाशमा उनको हातको ब्रास्लेट नदेखेपछि खोजी शुरु भएको थियो ।


पक्राउ परेका सुरक्षा गार्ड खोटाङ ऐंसेलुखर्क गाउँपालिका ६ घर भई हाल भरतपुर ७ बस्दै आएका थिए । पक्राउ परेका निजलाई चोरी कसुरमा चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्