पृथ्वीनारायण शाहको सम्झनामा सेनाले सुरु गर्यो गोरखादेखि काठमाडौंसम्मको पदयात्रा

काठमाडाैं | पुस २१, २०७९

पृथ्वीनारायण शाहको सम्झनामा सेनाले सुरु गर्यो गोरखादेखि काठमाडौंसम्मको पदयात्रा तस्बिर साभार

गोरखा:  नेपाली सेनाल गोरखादेखि काठमाडौंसम्मको पद यात्रा सुरु गरेको छ  ।  गोरखाका राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसर पारेर सेनाले पदयात्रा सुरु गरेको हो ।


बिहीवार एक कार्यक्रमका बीच गोरखा दरवारको हनुमान भञ्याङ चौताराबाट पदयात्रा सुरु गरेको रिपुमर्दन गणका गणपति हेमराज विष्टले बताए । यो पदयात्रालाई सेनाले एकीकरण पदयात्रा नाम दिएको छ ।


उपसेनानी बम बोगटीको नेतृत्वमा ३० जनाको टोली यात्रामा सहभागी छन् । नेपालको राष्ट्रिय झण्डा, टर्च र पृथ्वी नारायण शाहले तत्कालिन समयमा खडा गरेका नेपाली सेनाका प्रथम पाँच कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्द बहादुर र सवुज) का झण्डाहरु लिएर पृथ्वी नारायण शाहकालीन पोशाकमा बाजागाजा सहित टोली यात्रामा निस्किएको गणपती विष्टले जानकारी दिए ।


उनका अनुसार गोरखा दरवारबाट सुरु भएको यात्रा धादिङ, नुवाकोट हुदै काठमाडौ पुग्ने छ । ‘यो टोली गोरखा नगरपालिकाको ताप्ले, भीमसेन थापा गाउँपालिको अश्राङ, बोर्लाङ हुदै बोर्लाङघघाट पुगेर धादिङको शिवदल गणलाई टर्च र झण्डा बुझाएर फर्कन्छ’ विष्टले भने ।


त्यसपछि धादिङको टोलीले नुवाकोटमा टर्च र झण्डा जबरजंग गणलाई बुझाउछ र नुवाकोटले काठमाडौको कालीध्वज गणलाई बुझाउँछ । काठमाडौंको टोलीले २६ पुसमा बालाजु बाइपासमा रहेको सार्दुलजंग गुल्ममा टर्च र झण्डा हस्तान्तरण गर्ने छ । उक्त टर्च र झण्डा हेडक्वार्टर हुदै २७ पुसमा हनुमान ढोका लगिने छ ।


पदमार्ग, कोट, गढी र किल्लाहरु सम्वद्र्धन र प्रवद्र्धन गर्ने नेपाली सेनाको कार्यक्रम अन्तर्गत पदयात्रा गरिएको गणपति बिष्टले बताए । राज्य एकीकरणको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको मार्गलाई एकीकरण मार्गको रुपमा विकास गर्न केही बर्षदेखि पदयात्राले निरन्तरता पाउँदै आएको उनले जानकारी दिए ।


पदयात्रामा सहभागी टोलीलाई बिहीबार एक कार्यक्रमका बीच टर्च र नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको छ । नेपाली सेनाका पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी दीपककुमार वानियाँले उपसेनानी बम बोगटीलाई टर्च र झण्डा हस्तान्तरण गरेका हुन् ।


कार्यक्रममा बोल्दै पृतनापति बानियाँले राष्ट्रिय एकताको सन्देशसँगै पदमार्ग, कोट, गढी र किल्लाहरु सम्वद्र्धन, संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ पदयात्रा गरिएको बताए ।


गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले इतिहास संरक्षणका लागि सेनाले सुरु गरेको पदयात्रा महत्वपूर्ण रहेको बताए । यस कार्यमा नगरपालिकाले पनि साथ दिदै आएको बताउदै उनले थपे, ‘पर्यटन प्रवद्र्धनका लागि यही पुस २७ बाट ठुलोआँगनमा पृथ्वीनारायण शाहकालीन पोशाकमा नेपाली सेनाको परेड पनि सुरु हुन्छ ।’


प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले एकीकरण मार्ग प्रवद्र्धनका लागि सुरु गरिएको पदयात्राको प्रशंसा गरे । इतिहास संरक्षणमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउदै उनले निरन्तरताका लागि सबैको सहयोग आवश्यक पर्ने धारणा राखे ।


नेपाल पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष नरहरि सापकोटाले पदमार्गमा पर्ने पाटी, पौवा एवं चौताराहरुको संरक्षण गर्नुपर्ने बताए ।

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्