एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल बङ्गलादेश प्रस्थान
काठमाडाैं | पुस २१, २०७९
काठमाडौं: नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आज (बिहीबार) बङ्गलादेश प्रस्थान गर्नुभएको छ ।
बङ्गलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औं महाधिवेशनमा नेकपा (एमाले)का तर्फबाट अतिथिका रुपमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष पोखरेल आज दिउँसो १ बजे ढाका प्रस्थान गर्नुभएको हो ।
उहाँले भोलि (शुक्रबार) महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम छ । पोखरेलसँगै नेकपा (एमाले) विदेश विभाग सदस्य डा. दीपेन्द्र श्रेष्ठ पनि महाधिवेशनमा सहभागी हुनुहुन्छ । एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल दुई दिनपछि नेपाल फर्कनुहुनेछ ।
काठमाडौं: राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरु भएको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट (सदस्य) रिक्त रहेको छ । यसका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जना...
पोखरा: पोखरा महानगरपालिका १५ द्धारा आयोजित चौथो वडास्तरीय खेलकुद महोत्सव सम्पन्न भएको छ । वडास्तरीय खेलकुद महोत्सव अन्र्तगत पुरुष फुटबलतर्फ सानीमजुवा युवा क्लब विजयी हुँदा महिला भलिबलतर्फ जन ...
पोखरा: कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ । कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले उद्घाटन गर्न...

