पोखरामा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने आइस्पानको चेतावनी

पाेखरा | पुस २१, २०७९

पोखरामा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने आइस्पानको चेतावनी तस्बिर साभार

पोखरा:   इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले पोखरामा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको छ । आइस्पानले विज्ञप्ति जारी गर्दै नेपाल विद्युत् प्राधिकरणका कारण पोखरामा इन्टरनेट अवरुद्ध हुनसक्ने जानकारी दिएको हो ।


प्राधिकरणले आफूखुसी रूपमा ७०० प्रतिशतसम्म भाडा बढाएको भन्दै यति बेला सेवा प्रदायक विरोधमा छन् । प्राधिकरणले भाडा बढाएपछि सरकारले उच्च स्तरीय समिति गठन गरी घटेको भाडदारमा इन्टरनेट सेवा प्रदायकहरुसंग भाडा लिन भने पनि नमानेको आइस्पानको आरोप छ ।


यही विवादको कारण अहिले पोखरामा इन्टरनेट सेवा प्रदायकहरूको मुख्य अपरेसन सेन्टरमा प्राधिकरणले छानेरै विद्युत् काटेको सेवा प्रदायकहरूले बताएका छन् । सोही कारण पोखरा तथा पोखरा आसपासका क्षेत्रहरूमा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने आइस्पानका अध्यक्ष सुधीर पराजुलीले बताएका छन् ।

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्