टेस्ट अफ हार्मोनीको चौथो सँस्करण: धुनहरुमा दीपानारायण झा

पाेखरा | पुस २१, २०७९

टेस्ट अफ हार्मोनीको चौथो सँस्करण: धुनहरुमा दीपानारायण झा

काठमाण्डौ:  पोखरेली गायिकाहरुको संस्था हार्मोनी पोखराको आयोजनामा चौथो सँस्करणको साँगीतिक कार्यक्रम ‘टेस्ट अफ हार्मोनी’ हुने भएको छ । पुस २९ गते शनिबार पोखरा सभागृहमा हुने पछिल्लो सँस्करणको यो साँगीतिक कार्यक्रमको विशेष आकर्षणको रुपमा गायिका दीपानारायण झा रहनेछिन् । ुहार्मोनीुले दीपाप्रति सम्मान प्रकट गर्दै चौथो सँस्करणको आफ्नो कार्यक्रमको नाम नै ‘धुनहरुमा दीपानारायण झा’ राखेको छ ।


सदावहार गायिकाको छवि बनाएकी दीपानाराण झाले हार्मोनी पोखराको यो साँगीतिक कार्यक्रममा आफ्ना पुराना गीतहरु प्रस्तुत गर्नेछिन् । ‘पोखरेली संगीतप्रेमीहरुका लागि यो निकै गज्जब र उत्साहपूर्ण कुरा हो । विशेषगरि पोखरेली गायिकाहरुका लागि त झन् यो विशेष कार्यक्रमले ठुलो अर्थ राख्नेछ ।’ हार्मोनी पोखराका अध्यक्ष ईतु जोजिजुले भनिन ‘समग्र पोखराको लागि पनि यो साँगीतिक कार्यक्रम फलदायी हुने कुरामा हामी ढुक्क छौँ ।’

 

दीपानारायण झासँग स्टेज शेयर गर्दै उनले गाएका चर्चित सदावहार गीतहरु गाउने मौका पोखरेली गायिकाहरुले पाउनु भनेको ऐतिहासिक कुरा भएको जोजिजुले भनिन् । पुस २९ गते हुने साँगीतिक कार्यक्रममा दीपानारायण झासँगै पोखरेली गायिकाहरु ईतु जोजिजु, शितल थापा, अजुदा थापा, कौशल्या गुरुङ, मितु पाल सिंह, लक्ष्मी गिरी, प्रतिक्षा देवकोटा, देवी गुरुङ, रजनी ऋदम राई, प्रिया गुरुङ र प्रकृति श्रेष्ठले स्टेज शेयर गर्दै आफ्नो प्रस्तुती दिनेछन् ।


सो कार्यक्रममा विशेष सहयोगी गायकको रुपमा रामभक्त जोजिजु, विनोद बानियाँ, सन्तोष बस्याल, ज्ञान थापा र मिलन तमुको प्रस्तुती रहने हार्मोनी पोखराले जनाएको छ ।


कुसुमे रुमाल, चिया बारीमा, ईशाराले बोलाउनु पर्दैन, मोहनी माया, उकालीमा अघि अघि, सम्झना बिर्सना लगाएतका दर्जनौ दीपानारायण झाले गाएका गीतहरु सो कार्यक्रममा प्रस्तुत गरिने आयोजकले बताएको छ ।


खासगरि साँगीतिक क्षेत्रमा महिलाहरुको पनि बलियो उपस्थिती देखाउन ुहार्मोनी पोखराुको स्थापना भएको हो । र, संस्था गठन भएसँगै यसले विभिन्न कार्यक्रमहरु समेत गरिसकेको छ । यसअगाडि ‘लेजेन्डरी हार्मोनियस इभिनिङ, ‘टेस्ट अफ हार्मोनी’ र धुनहरुमा तारादेवी र अरुणा लामाु गरि संस्थाले तीनवटा सँस्करणका विशेष साँगीतिक कार्यक्रमहरु सफल बनाईसकेको छ । गायिकाहरुको एकतासँगै नयाँ पुस्ताका गायिकाहरुको लागि प्लेटफर्म तयार गर्न पनि यो संस्था विशेष रुपमा सकृय रहँदै आएको छ । गायिकाहरुको क्षेत्रमा विशेष ध्यान दिएर काम गर्ने संस्थाले यो बीचमा थुप्रै सम्मान तथा पुरस्कारहरु पनि पाएको छ ।

काठमाडौं:  राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरु भएको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७  सिट (सदस्य) रिक्त रहेको छ । यसका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जना...

थप पढ्नुहोस्

पोखरा:   पोखरा महानगरपालिका १५ द्धारा आयोजित चौथो वडास्तरीय खेलकुद महोत्सव सम्पन्न भएको छ ।  वडास्तरीय खेलकुद महोत्सव अन्र्तगत पुरुष फुटबलतर्फ सानीमजुवा युवा क्लब विजयी हुँदा महिला भलिबलतर्फ जन ...

थप पढ्नुहोस्

पोखरा: कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ ।      कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले उद्घाटन गर्न...

थप पढ्नुहोस्