कांग्रेस संसदीय दलको नेता चयन गर्न आज निर्वाचन हुदै
काठमाडाैं | पुस २०, २०७९
धनगढी: नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता चयन गर्नका लागि आज निर्वाचन गरिदैंछ । सर्वसम्मतले दलको नेता चयन गर्न नसकिएपछि चुनाव हुन लागेको सो दलले जनाएको छ ।
दलका नेताका लागि सात जना आकाङ्क्षी रहनुभएको छ । संसदीय दलका नेताका लागि शिवराज भट्ट, कमलबहादुर शाह, प्रकाशबहादुर देउवा, दिवानसिंह विष्ट, बहादुरसिंह थापा, मेघराज खड्का र मानबहादुर रावलको दाबी छ ।
दलको नेता सर्वसम्मतले चयन गर्नकालागि मङ्गलबारसम्मको समय सीमा दिइएको थियो । तोकिएको समय सीमाभित्र संसदीय समितिले दलको नेता चयन गर्न नसकेपछि निर्वाचनबाट नेता चयन गर्न लागिएको प्रदेश सभा सदस्य प्रकाश बमले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश दलको नेता एवम् संसदीय दल कार्यसमितिको निर्वाचन गराउन कांग्रेस प्रदेश उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । समितिले आज अपराह्न ४ देखि ५ बजेसम्म मतदान हुने कार्यपालिका प्रकाशन गरेको छ । प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेसका १९ जना सदस्य हुनुहुन्छ ।
नेपाल फोटो पत्रकार संघ, कास्कीले मादी गाउँपालिका–३ याङ्जाकोटमा ‘मादी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा फोटो पत्रकार भूमिका’ विषयक अन्तरक्रिया गरेको छ । मादी गाउँपालिकाको सहयोगमा...
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

