ट्युसन जान्छु भनेर हिडेको छोरा बेपत्ता भएपछि
धरान | पुस २०, २०७९
तस्बिर साभार
धरान: धरान उपमहानगरपालिका १७ पटनालीका एक युवा ८ दिनदेखि बेपत्ता छन् ।
गत पुस १२ गते बिहान घरबाट ट्युसन पढ्न जाने भन्दै हिंडेका १९ वर्षीय पुष्कर बराइली विश्वकर्मा बेपत्ता भएका हुन् ।
शारीरिक रुपमा सामान्य समस्या भएका, स्पष्ट बोल्न नसक्ने कक्षा १० मा अध्ययनरत पुष्कर हालसम्म सम्पर्कमा नआएको आमा पुष्पाले बताइन् ।
हातखुट्टा राम्ररी नलागे पनि, मानसिक समस्या नभएको आमा पुष्पाको भनाइ छ ।
बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै परिवारजनले खोजीकार्य गरिदिन संचारकर्मीमार्फत् आम समुदायलाई अपिल गरेका छन् ।
‘आफन्तजन, साथीभाइ सबैसँग सोधीखोजी गरिसक्यौ, कही कतै छ भनेर भन्दैनन,’ बुवा भीम बराइलीले भने, ‘पुलिसले खोजी गर्दैछौ भन्छ, के कस्तो अवस्था छ, एउटै छोरो हो मेरो ।’
प्रहरी प्रशासनमा रिपोर्ट दिएको आठ दिन बितिसक्दा पनि छोराको अवस्था थाहा पाउन नसकेको बुवा भीम बराइलीले बताए ।
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

